प्रदेश

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेलको पुन नियुक्ति संविधान विपरीत : काँग्रेस प्रमुख सचेतक खाँण

उकेरा संवाददाता


बुटवल : नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लुम्बिनी प्रदेशमा आज नाटकीय रूपमा विकास भएको राजनीतिक घटनाक्रम प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।  

प्रमुख सचेतक खाँणले आज विज्ञप्ति निकालेर लुम्बिनी प्रदेशमा नेकपा एमालेको बहुमत गुमिसकेको अवस्थामा संविधानको धारा १६८ को १ लाई गलत व्याख्या गरी एमालेको सरकार बनाएर शङ्कर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधान विपरीतको कदम भएको उल्लेख गरेका छन्। 

विपक्षी गठबन्धनले बहुमत सांसद सङ्ख्या पुराएर ४२ जनाको हस्ताक्षर र उपस्थितिमा कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष गरेको सिफारिसलाई लत्त्याउँदै अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधानको उल्लङ्घन भएको विज्ञप्तिमा उल्लेख छ। ‘बहुमत प्रदेशसभा सदस्यहरूलाई पाखा लगाएर अल्पमतमा रहेका पोखरेललाई नियुक्त गर्नु संविधान र लोकतान्त्रिक मूल्य र पद्धतिको  उल्लङ्घन गर्नु हो। प्रदेश प्रमुखद्वारा गरिएको संविधान विपरीतको यो निर्णय र नियुक्ति अविलम्ब सच्याइयोस्,संशोधन गरीयोस' प्रमुख सचेतक खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरी प्रक्रिया अगाडी बढेको अवस्थामा मुख्यमन्त्रीले नाटकीय रूपमा राजीनामा दिएर अविश्वासको प्रस्ताव उपर छलफल गरी निर्णय गर्ने संसदीय पद्धति र पक्रियामा नै अवरुद्ध गरेको भन्दै प्रमुख सचेतक खाँणले आपत्ति जनाएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

घोडाघोडी नगरपालिका १ सुखडकी ५७ वर्षीय महिला, पर्वत घर भई कञ्चनपुर पुनर्वास नगरपालिका ७ बस्ने ७६ वर्षीया महिला, कैलाली गोदावरी नगरपालिका २ का ३८ वर्षीय....

कोरोना नियन्त्रणमा गण्डकी प्रदेशः ४० प्रतिशत संक्रमणदर, ४०० आइसोलेशन, २८० आइसियु,६७ भेन्टिलेटर

कोरोनाको बढ्दो चापका कारण कास्कि लगायतका गण्डकी प्रदेश भित्रका व्यापारिक शहरहरुमा निषेधाज्ञ लागु भइसकेको छ।  हाल सम्म गण्डकि प्रदेशमा १९४२४ संक्रमीत भेटिएकोमा  १७९०० निको भएसकेका....

वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो २५ शेैयाको कोभिड अस्पताल

कटुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रवार नगर प्रमुख देवकुमार सुवेदी उद्घाटन गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको बेला सङ्क्रमितको सहज....

काँग्रेस सुनसरी पार्टी कार्यालयमा आइसोलेसन बनाइने, मेयरका गाडी एम्बुलेन्सको रूपमा प्रयोग 

कोइरालाले कोरोना जोखिमको मध्यनजर गरेर सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उकेरासँग कुरा गर्दै उनले महामारीको बेला पार्टी भन्दा माथि उठेर मानवीय हितको लागी लड्नुपर्ने....

बिरामीले भरियो सेती अस्पताल : उपचार नपाउँदा ६ जनाको मृत्यु 

सेती अन्तर्गत रहेको ५५ शय्याको अस्थायी कोरोना अस्पताल भरिएको  र १५ शय्याका आकस्मिक कक्ष पनि भरिए पछि आकस्मिक कक्षकै ग्यालरीबाटै उपचार थालिएको अस्पतालका सूचना अधिकारी....