उकेरा अपडेट

कोरोना सङ्क्रमितको उपचारमा अध्ययन बिदाका चिकित्सक, विद्यार्थी र अध्यापक खटाउने निर्णय

उकेरा संवाददाता


काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अध्ययन बिदामा रहेका चिकित्सक,  चिकित्सा शास्त्रका अध्ययनरत विद्यार्थी र अध्यापकहरूलाई समेत कोरोना सङ्क्रमितको उपचारमा खटाउने निर्णय गरेको छ।

कोरोना सङ्क्रमणको दर उच्च भएपछि अध्ययन बिदामा रहेका तर अध्ययन नभएका चिकित्सकलाई दरबन्दी रहेको अस्पतालमा हाजिर हुनुपर्ने निर्णय गरेको छ।

यसै गरी मन्त्रालयले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी र अध्यापकहरूलाई मेडिकल कलेजमा वा अन्य अस्पतालमा उपचार व्यवस्थापनमा खटाउन सकिने समेत निर्णय गरेको छ।

कोभिड परीक्षणको अनुमति पाएकाहरूले २४ सैँ घण्टा नमुना लिने व्यवस्था गर्नुपर्ने, विदेश जान चाहनेहरूको पिसिआर परीक्षण सबै सरकारी पिसिआर प्रयोगशाला, न्यूनतम सय बेड भएका अस्पतालमा आधारित रहेका पीसिआर र ए वर्गका प्रयोशालाहरुले परीक्षण गर्न सक्ने निर्णय समेत भएको छ।

यसै गरी कोरोना सङ्क्रमण नियन्त्रणका लागि सबै २५ वटा हब अस्पताल र सेटेलाइट अस्पतालहरूले २४ सैँ घण्टा र सातै दिन कोरोना सङ्क्रमितहरूको उपचारको सुरुको व्यवस्थापन गर्ने र एक जना चिकित्सकको नम्बर सार्वजनिक गर्ने निर्णय समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एस्ट्राजेनेका र स्पुतनिक खोप ल्याउन पहल भइरहेको सरकारको दाबी

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा एस्ट्राजेनेका भ्याक्सिन सहयोगको सम्बन्धमा काठमाण्डौँस्थित अमेरिकी दूतावास र वाशिंटनस्थित नेपाली राजदूतावास मार्फत आवश्यक पहल भइरहेको दाबी गरिएको छ।....

सरकारको दाबी : ७ सय १२ आइसियु, ४ सय ४३ भेन्टिलेटर खाली छ

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिले पनि एक हजार ८ सय १७ आइसियूमध्ये एक हजार एक सय ५ वटा मात्र प्रयोगमा....

औषधिमा भ्रष्टाचार अक्षम्य अपराध : देउवा

कांग्रेस सभापति देउवाले जनताको जीवनरक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीय, अनैतिक र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको बताए। ‘जनताको जीवन रक्षा....

मुख्यमन्त्रीको संयोजकत्वमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरिने

बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ को नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रदेशमा प्रभावकारी बनाउन निर्देशन, समन्वयन तथा एकीकृत व्यवस्थापन गर्ने उद्देश्यसहित निर्देशन समिति गठन गर्ने निर्णय....

सांसदलाई विश्वासको मत दिन कोरोना रिपोर्ट अनिवार्य

पिसिआर रिपोर्ट वैशाख २२ गतेपछिको मात्रै मान्य हुने व्यवस्था गरिएको संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापाले जानकारी दिए। ‘पिसिआर टेस्ट गरेको रिपोर्ट अनिवार्य गरिएको छ,’....