प्रदेश

रुपन्देहीमा थप ५ जना कोरोना संक्रमितको मृत्यु  

दीपक घिमिरे


भैरहवा : पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ४ सय ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

कोरोना भाइरस सङ्क्रमणका कारण  रुपन्देहीमा थप ५ जनाको मृत्यु भएको छ। हाल रुपन्देहीमा सक्रिय संक्रमितको सङ्ख्या ३ हजार ६ सय ३ जना पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

त्यस्तै जिल्लामा कुल संक्रमितको सङ्ख्या १३ हजार ३ सय ९० पुगेको छ। हालसम्म रुपन्देहीमा २ सय ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यसै गरी जिल्लामा ९ हजार ५ सय ८२ सङ्क्रमित निको भएर घर फर्केका छन्। 

कुन पालिकामा कति कोरोना सङ्क्रमित थपिए?

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा २ सय ७, तिलोत्तमा नगरपालिकामा १ सय ४, सिद्धार्थनगर नगरपालिकामा ५८, देवदह नगरपालिकामा २३, सैनामैना नगरपालिकामा २०, शुद्धोधन गाउँपालिकामा  ६ जना कोरोना सङ्क्रमित थपिएका छन्।

यस्तै सियारी, कञ्चन, ओमतीया गाउँपालिकामा ५÷५ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३, मायादेवी र रोहिणी  गाउँपालिकामा २÷२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। 

यस्तै कोटहीमाई गाउँपालिकामा १ जना कोरोना सङ्क्रमित थपिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

घोडाघोडी नगरपालिका १ सुखडकी ५७ वर्षीय महिला, पर्वत घर भई कञ्चनपुर पुनर्वास नगरपालिका ७ बस्ने ७६ वर्षीया महिला, कैलाली गोदावरी नगरपालिका २ का ३८ वर्षीय....

कोरोना नियन्त्रणमा गण्डकी प्रदेशः ४० प्रतिशत संक्रमणदर, ४०० आइसोलेशन, २८० आइसियु,६७ भेन्टिलेटर

कोरोनाको बढ्दो चापका कारण कास्कि लगायतका गण्डकी प्रदेश भित्रका व्यापारिक शहरहरुमा निषेधाज्ञ लागु भइसकेको छ।  हाल सम्म गण्डकि प्रदेशमा १९४२४ संक्रमीत भेटिएकोमा  १७९०० निको भएसकेका....

वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो २५ शेैयाको कोभिड अस्पताल

कटुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रवार नगर प्रमुख देवकुमार सुवेदी उद्घाटन गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको बेला सङ्क्रमितको सहज....

काँग्रेस सुनसरी पार्टी कार्यालयमा आइसोलेसन बनाइने, मेयरका गाडी एम्बुलेन्सको रूपमा प्रयोग 

कोइरालाले कोरोना जोखिमको मध्यनजर गरेर सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उकेरासँग कुरा गर्दै उनले महामारीको बेला पार्टी भन्दा माथि उठेर मानवीय हितको लागी लड्नुपर्ने....

बिरामीले भरियो सेती अस्पताल : उपचार नपाउँदा ६ जनाको मृत्यु 

सेती अन्तर्गत रहेको ५५ शय्याको अस्थायी कोरोना अस्पताल भरिएको  र १५ शय्याका आकस्मिक कक्ष पनि भरिए पछि आकस्मिक कक्षकै ग्यालरीबाटै उपचार थालिएको अस्पतालका सूचना अधिकारी....