शिक्षा

शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत विनियोजन गर्न कांग्रेसको माग

उकेरा संवाददाता


काठमाडौं : नेपाली कांग्रेसले कुल बजेटको २० प्रतिशत शिक्षामा विनियोजन गर्न माग गरेको छ। कांग्रेस शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले कुल बजेटको कम्तीमा पनि २० प्रतिशत शिक्षामा छुट्ट्याउन सरकारसँग माग गरेको बताए। 

कांग्रेसको शिक्षा विभागले विज्ञप्ति निकालेर विद्यालय तहमा कार्यरत बाल कक्षा शिक्षक तथा विद्यालय कर्मचारीलाई उचित पारिश्रमिकको व्यवस्था गर्न, विद्यालय तहमा रहेका राहत दरबन्दी, साबिक उच्च मावि (अनुदान), अस्थायी लगायतका शिक्षकलाई वैज्ञानिक प्रक्रिया अपनाई एकै प्रकारको शिक्षक दरबन्दी सृजना गर्न, त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकको समस्या समाधान गर्न, सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक साथै उच्च शिक्षामा अध्यापन गराउने प्राध्यापकलाई कोभिड खोपको व्यवस्था गर्न माग गरेको छ। 

विभागले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै अभिभावक, विद्यार्थी र शिक्षकलाई स्वास्थ्यको न्यूनतम मापदण्ड अपनाउन र भर्चुअल माध्यमबाट शिक्षण सिकाईलाई निरन्तरता दिन अनुरोध पनि गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

वीरगन्जमा असार १ गतेदेखि विद्यालय खुल्ने, १५ गतेबाट पठन पाठन 

महानगरपालिकाले असार १ गतेदेखि कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यालय सञ्चालन गर्न सूचना प्रकाशन गरेको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर असार १ गतेदेखि....

त्रिविको पढाइ र परीक्षा अन्योलमा 

उनीसँगै अध्ययनरत केही छात्र/छात्राले समेत त्यही माग राखी क्याम्पस प्रशासनलाई इमेल पठाए।  ‘कोरोनाको दोस्रो चरण फैलिएपछि सञ्चालन भइरहेको परीक्षा स्थगित भयो। नयाँ कक्षा पनि सञ्चालन....

मेडिकल शिक्षालाई गुन्डाहरूको नियन्त्रणमा जानबाट रोक्न डा. केसी अलायन्सको अपिल

चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत अयोगको बैठक बोलाएर जबरजस्ती सम्बन्धन अघि बढाइए त्यसको कडा प्रतिवाद गर्न पदाधिकारीहरूलाई अलायन्सले अपिल गरेको हो।  यस्तै अलायन्सले दुर्गा प्रसाईँले....

एमयूले नियुक्त गर्‍योे रिक्त भएका डीन, निर्देशक र क्याम्पस प्रमुख

‘विश्वविद्यालयले पहिलो पटक खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको छ,’ एमयूका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले भने,....

एसइई र कक्षा १२ को परीक्षा स्थगित

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कोरोना महामारीका कारण अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म दुवै परीक्षा स्थगित गरिएको जानकारी दिए। ‘कोरोना महामारीको अवस्था हेर्दा परीक्षा लिन सक्ने अवस्था....