उकेरा अपडेट

कोरोनाले हेरेन राजपत्र: पर्यटन मन्त्री ढकाल सङ्क्रमित

उकेरा संवाददाता


काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकाल र उनको श्रीमती इन्दिरा फुयाँलमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

मन्त्री ढकालले सामाजिक सञ्जाल मार्फत आइतबार गरिएको स्वाब परीक्षणमा कोभिड पोजेटिभ देखिएको जानकारी दिएका हुन। उनले स्वास्थ्य अवस्था सामान्य रहेको र निवासमा नै आराम गरिरहेको जानकारी गराएका छन्
‘आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड १९ सङ्क्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बिचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
सरकारले स्वास्थ्य मापदण्ड कार्यान्वयन गरिसक्दा ढकाल काठमाडौँबाट राम सिताको मूर्तिसहित शोभा यात्रा लिएर ठोरी पुगेका थिए।
सरकारले २५ भन्दा बढी भेला नहुन जारी गरेको स्वास्थ्य मापदण्ड उलङ्घन गरेकोबारे जिज्ञासा राख्दा उनले सो मापदण्ड राजपत्रमा प्रकाशित नभएसम्म कार्यान्वयनमा नआउने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एस्ट्राजेनेका र स्पुतनिक खोप ल्याउन पहल भइरहेको सरकारको दाबी

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा एस्ट्राजेनेका भ्याक्सिन सहयोगको सम्बन्धमा काठमाण्डौँस्थित अमेरिकी दूतावास र वाशिंटनस्थित नेपाली राजदूतावास मार्फत आवश्यक पहल भइरहेको दाबी गरिएको छ।....

सरकारको दाबी : ७ सय १२ आइसियु, ४ सय ४३ भेन्टिलेटर खाली छ

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिले पनि एक हजार ८ सय १७ आइसियूमध्ये एक हजार एक सय ५ वटा मात्र प्रयोगमा....

औषधिमा भ्रष्टाचार अक्षम्य अपराध : देउवा

कांग्रेस सभापति देउवाले जनताको जीवनरक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीय, अनैतिक र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको बताए। ‘जनताको जीवन रक्षा....

मुख्यमन्त्रीको संयोजकत्वमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरिने

बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ को नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रदेशमा प्रभावकारी बनाउन निर्देशन, समन्वयन तथा एकीकृत व्यवस्थापन गर्ने उद्देश्यसहित निर्देशन समिति गठन गर्ने निर्णय....

सांसदलाई विश्वासको मत दिन कोरोना रिपोर्ट अनिवार्य

पिसिआर रिपोर्ट वैशाख २२ गतेपछिको मात्रै मान्य हुने व्यवस्था गरिएको संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापाले जानकारी दिए। ‘पिसिआर टेस्ट गरेको रिपोर्ट अनिवार्य गरिएको छ,’....