प्रदेश

सुर्खेतमा ५० बेडको आइसोलेसन अस्पताल संचालनमा आउने

जगतदल जनाला विक


सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अक्सिजनसहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउने भएको छ।

प्रदेश अस्पताल सुर्खेतमा कोरोनाका बिरामीले बेड पाउन मुस्किल हुने अवस्था आएपछि नगरपालिकाले अक्सिजनसहितको ५० बेडको अस्पताल सञ्चालन गर्न लागेको नगरपालिकाकी नगर उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन। उनका अनुसार एक दुई दिनमै २५ बेडको अस्पताल सञ्चालनमा ल्याएर उपचार सेवा सुरु गरिनेछ। 

कटुकुवा स्वास्थ्य चौकीको नयाँ भवनलाई अक्सिजनसहितको आइसोलेसन अस्पतालको रूपमा विकास गरी २५ बेड फेरी थप गरिने उनले बताइन। कर्णाली प्रदेश अस्पतालसँगको समन्वयमा आइसोलेसन अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने नगरपालिकाले जनाएको छ। 

नगरपालिकाका अनुसार हाल दुई जना डाक्टर र एम्बुलेन्स सेवा व्यवस्थापन गरिएको छ। साथै नगरपालिकाले हप्ताको दुई दिन सोमबार र शुक्रवार कोरोना परीक्षण गर्दै आएको छ।

हालसम्म वीरेन्द्रनगरका मात्रै ७५४ जनामा कोरोना सङ्क्रमण भइसकेको छ। जसमा ६०३ जना आइसोलेसनमा छन्। यस्तै १४६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। कोरोना सङ्क्रमणका कारण वीरेन्द्रनगरका ५ जनाको मृत्यु भएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

घोडाघोडी नगरपालिका १ सुखडकी ५७ वर्षीय महिला, पर्वत घर भई कञ्चनपुर पुनर्वास नगरपालिका ७ बस्ने ७६ वर्षीया महिला, कैलाली गोदावरी नगरपालिका २ का ३८ वर्षीय....

कोरोना नियन्त्रणमा गण्डकी प्रदेशः ४० प्रतिशत संक्रमणदर, ४०० आइसोलेशन, २८० आइसियु,६७ भेन्टिलेटर

कोरोनाको बढ्दो चापका कारण कास्कि लगायतका गण्डकी प्रदेश भित्रका व्यापारिक शहरहरुमा निषेधाज्ञ लागु भइसकेको छ।  हाल सम्म गण्डकि प्रदेशमा १९४२४ संक्रमीत भेटिएकोमा  १७९०० निको भएसकेका....

वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो २५ शेैयाको कोभिड अस्पताल

कटुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रवार नगर प्रमुख देवकुमार सुवेदी उद्घाटन गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको बेला सङ्क्रमितको सहज....

काँग्रेस सुनसरी पार्टी कार्यालयमा आइसोलेसन बनाइने, मेयरका गाडी एम्बुलेन्सको रूपमा प्रयोग 

कोइरालाले कोरोना जोखिमको मध्यनजर गरेर सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उकेरासँग कुरा गर्दै उनले महामारीको बेला पार्टी भन्दा माथि उठेर मानवीय हितको लागी लड्नुपर्ने....

बिरामीले भरियो सेती अस्पताल : उपचार नपाउँदा ६ जनाको मृत्यु 

सेती अन्तर्गत रहेको ५५ शय्याको अस्थायी कोरोना अस्पताल भरिएको  र १५ शय्याका आकस्मिक कक्ष पनि भरिए पछि आकस्मिक कक्षकै ग्यालरीबाटै उपचार थालिएको अस्पतालका सूचना अधिकारी....