उकेरा अपडेट

कोरोना कहर: पहिलो लहरलाई उछिन्यो दोस्रो लहरले

उकेरा संवाददाता


काठमाडौँ : कोरोना कहरको दोस्रो दोस्रो लहरले कोरोना सङ्क्रमितको सङ्ख्यामा पहिलो लहरलाई उछिनेको छ।

२०७६ चैत ११ मा लकडाउन सुरु भएपछि २०७७ कात्तिक  ५ मा सबैभन्दा धेरै ५ हजार ७ सय ४३ जना सङ्क्रमित पुगेका थिए। त्यसपछि सङ्क्रमित घटेका थिए।
दोस्रो लहरमा सरकारले लकडाउन निर्णय गरेको एक साता नकट्दै सङ्क्रमित सङ्ख्या ७ हजार कटेको छ। आइतबार कोरोना सङ्क्रमितको सङ्ख्या ७ हजार १ सय ७३ पुगेको छ।
सङ्क्रमितको सङ्ख्या बढ्दा २० देखि ३९ उमेर समूहकाको सङ्ख्या सबैभन्दा उच्च छ। सङ्क्रमित पहिलो उमेर समूहमा ३० देखि ३९ उमेर समूह छ भने दोस्रोमा २० देखि २९ छन्।
१० देखि १९ उमेर समूहका सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको छ। आइतबार सार्वजनिक २४ घण्टाको सङ्क्रमित सङ्ख्यामा पुरुष ४२७३ र महिलाको सङ्ख्या २८६४ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एस्ट्राजेनेका र स्पुतनिक खोप ल्याउन पहल भइरहेको सरकारको दाबी

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा एस्ट्राजेनेका भ्याक्सिन सहयोगको सम्बन्धमा काठमाण्डौँस्थित अमेरिकी दूतावास र वाशिंटनस्थित नेपाली राजदूतावास मार्फत आवश्यक पहल भइरहेको दाबी गरिएको छ।....

सरकारको दाबी : ७ सय १२ आइसियु, ४ सय ४३ भेन्टिलेटर खाली छ

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिले पनि एक हजार ८ सय १७ आइसियूमध्ये एक हजार एक सय ५ वटा मात्र प्रयोगमा....

औषधिमा भ्रष्टाचार अक्षम्य अपराध : देउवा

कांग्रेस सभापति देउवाले जनताको जीवनरक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीय, अनैतिक र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको बताए। ‘जनताको जीवन रक्षा....

मुख्यमन्त्रीको संयोजकत्वमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरिने

बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ को नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रदेशमा प्रभावकारी बनाउन निर्देशन, समन्वयन तथा एकीकृत व्यवस्थापन गर्ने उद्देश्यसहित निर्देशन समिति गठन गर्ने निर्णय....

सांसदलाई विश्वासको मत दिन कोरोना रिपोर्ट अनिवार्य

पिसिआर रिपोर्ट वैशाख २२ गतेपछिको मात्रै मान्य हुने व्यवस्था गरिएको संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापाले जानकारी दिए। ‘पिसिआर टेस्ट गरेको रिपोर्ट अनिवार्य गरिएको छ,’....