उकेरा अपडेट

पछिल्लो २४ घन्टामा ७१३७ जना कोरोना संक्रमित, २७ को मृत्यु

उकेरा संवाददाता


काठमाडौंः नेपालमा आइतबार २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ हजार ३ सय २५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २४ घण्टामा १६ हजार ७ सय ७० नमुना परीक्षण गर्दा ७ हजार १ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४८ हजार ७ सय ११ रहेको छ भने निको हुनेको संख्या २ लाख ८३ हजार ९ सय ९४ रहेको छ। नेपालमा हालसम्म ३ लाख ३६ हजार ३० जना संक्रमित भइसकेका छन्।

मन्त्रालयले १ हजार २ सय ४९ आइसियु बेडमध्ये ४ सय ७७ जना आएसियुमा रहेको जनाएको छ। त्यसैगरी ५ सय २६ भेन्टिलेटरमध्ये १ सय ३१ जना संक्रमित भेन्टिलेटरमा रहेको जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एस्ट्राजेनेका र स्पुतनिक खोप ल्याउन पहल भइरहेको सरकारको दाबी

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा एस्ट्राजेनेका भ्याक्सिन सहयोगको सम्बन्धमा काठमाण्डौँस्थित अमेरिकी दूतावास र वाशिंटनस्थित नेपाली राजदूतावास मार्फत आवश्यक पहल भइरहेको दाबी गरिएको छ।....

सरकारको दाबी : ७ सय १२ आइसियु, ४ सय ४३ भेन्टिलेटर खाली छ

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिले पनि एक हजार ८ सय १७ आइसियूमध्ये एक हजार एक सय ५ वटा मात्र प्रयोगमा....

औषधिमा भ्रष्टाचार अक्षम्य अपराध : देउवा

कांग्रेस सभापति देउवाले जनताको जीवनरक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीय, अनैतिक र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको बताए। ‘जनताको जीवन रक्षा....

मुख्यमन्त्रीको संयोजकत्वमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरिने

बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ को नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रदेशमा प्रभावकारी बनाउन निर्देशन, समन्वयन तथा एकीकृत व्यवस्थापन गर्ने उद्देश्यसहित निर्देशन समिति गठन गर्ने निर्णय....

सांसदलाई विश्वासको मत दिन कोरोना रिपोर्ट अनिवार्य

पिसिआर रिपोर्ट वैशाख २२ गतेपछिको मात्रै मान्य हुने व्यवस्था गरिएको संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापाले जानकारी दिए। ‘पिसिआर टेस्ट गरेको रिपोर्ट अनिवार्य गरिएको छ,’....