प्रदेश

मुख्यमन्त्री पोखरेलको शपथ रोक्न ४२ सांसदको माग

दीपक घिमिरे


बुटवल :  प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शङ्कर पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार गठन गर्ने गरी मुख्यमन्त्रीमा शङ्कर पोखरेललाई नियुक्त गरेपछि प्रदेश सभाका ४२ जना सांसदले प्रदेश प्रमुखलाई भेटेर शपथ रोक्न माग गरेका छन्। 

प्रदेश प्रमुखसमक्ष पेस गरेका ४१ जना सांसदको हस्ताक्षरमध्ये विमला कुमारी खत्री वलीको पुरानो हस्ताक्षर दुरुपयोग गरी बहुमत पुराउने प्रयत्न भएको भन्दै शपथ रोक्न माग गरेको काँग्रेस प्रमुख सचेतक फखरुद्दीन खानले बताए।

'उहाँको पुरानो हस्ताक्षर दुरुपयोग गरी एकल बहुमतको सरकार बनाउने भनेर उहाँहरूले हस्ताक्षर बुझाउनुभएको छ भन्ने कुरा आयो, विमलाजी एमालेमा नरहनुभएको र माओवादी केन्द्रमा रहनुभएको भन्ने जानकारी प्रदेश सभामा समेत रहेकाले एमालेको एकल बहुमत पुग्दैन, उनले भने 'त्यसैले एमालेको एकल नेतृत्वमा सरकार गठनको प्रक्रिया अघि नबढाइयोस् भन्ने कुरा हामीले राख्यौँ, प्रदेश प्रमुखले मैले कुरा बुझेँ, त्यसैअनुसार गर्छु भन्नुभएको छ।'

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई आइतबार दिउँसो भेटेर अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफ्नो पक्षमा ४२ सांसदको हस्ताक्षर देखाएका हुन्।

८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि दाङबाट उपनिर्वाचनमा विजयी सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा गएको प्रस्ट पारेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

घोडाघोडी नगरपालिका १ सुखडकी ५७ वर्षीय महिला, पर्वत घर भई कञ्चनपुर पुनर्वास नगरपालिका ७ बस्ने ७६ वर्षीया महिला, कैलाली गोदावरी नगरपालिका २ का ३८ वर्षीय....

कोरोना नियन्त्रणमा गण्डकी प्रदेशः ४० प्रतिशत संक्रमणदर, ४०० आइसोलेशन, २८० आइसियु,६७ भेन्टिलेटर

कोरोनाको बढ्दो चापका कारण कास्कि लगायतका गण्डकी प्रदेश भित्रका व्यापारिक शहरहरुमा निषेधाज्ञ लागु भइसकेको छ।  हाल सम्म गण्डकि प्रदेशमा १९४२४ संक्रमीत भेटिएकोमा  १७९०० निको भएसकेका....

वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो २५ शेैयाको कोभिड अस्पताल

कटुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रवार नगर प्रमुख देवकुमार सुवेदी उद्घाटन गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको बेला सङ्क्रमितको सहज....

काँग्रेस सुनसरी पार्टी कार्यालयमा आइसोलेसन बनाइने, मेयरका गाडी एम्बुलेन्सको रूपमा प्रयोग 

कोइरालाले कोरोना जोखिमको मध्यनजर गरेर सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उकेरासँग कुरा गर्दै उनले महामारीको बेला पार्टी भन्दा माथि उठेर मानवीय हितको लागी लड्नुपर्ने....

बिरामीले भरियो सेती अस्पताल : उपचार नपाउँदा ६ जनाको मृत्यु 

सेती अन्तर्गत रहेको ५५ शय्याको अस्थायी कोरोना अस्पताल भरिएको  र १५ शय्याका आकस्मिक कक्ष पनि भरिए पछि आकस्मिक कक्षकै ग्यालरीबाटै उपचार थालिएको अस्पतालका सूचना अधिकारी....