एंकर न्युज

राजीनामा दिएको पाँच घन्टा नबित्दै शं‌कर पोखरेल पुन: लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

उकेरा संवाददाता


बुटवल : मुख्यमन्त्रीबाट राजीनामा दिएको ५ घण्टा नबित्दै शंकर पोखरेल पुन: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तlमा प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ उपधारा (१) बमोजिम नियुक्त गरिएको बताइएको छ।

आज बिहान मात्र शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनले दिएको राजीनामा तत्काल स्वीकृत भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

राष्ट्रिय सभा उपनिर्वाचनमा देवकोटा, बादल र तामाङको उम्मेदवारी

देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् भने गृहमन्त्री समेत रहेका बादलले एमालेको तर्फबाट उम्मेदवारी दिएका हुन्। यस्तै तामाङ नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका छन्। देवकोटालाई....

कोरोना हटलाइनबारे स्वास्थ्य प्रवक्ताको प्रतिक्रिया : ‘बिरामी भए अस्पताल जाने, फोन गरेर आदेश गर्ने होइन’

कोरोना सङ्क्रमण बढिरहेको बेला आपत्मा परेका नागरिकप्रति सरकारी संयन्त्र जिम्मेवारहिन बनेको भन्दै आलोचना बढिरहेको बेला बुधवार अकस्मात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन्देश जारी गर्‍यो कोभिड....

अब घुम्तीमा आउने छैनन् प्रेमध्वज

छातीमा समस्या देखिएपछि एक सातादेखि उनी अस्पताल भर्ना भएका थिए। उनमा न्युरो सम्बन्धी समस्या देखियो। मिठो स्वरका धनी उनलाई कतै कोरोनाले पो छोयो कि भनेर....

'कोरोना उपचारमा रेमडेसिभिर औषधि प्रभावकारी छैन तर बिरामीका आफन्त ढिपी गर्छन्'

चिकित्सकले रेमडेसिभिर प्रभावकारी नभएको बताइरहँदा अस्‍पतालमा उपचार गराइरहेका बिरामीका आफन्तले भने यही औषधि चलाउन ढिपी गर्ने गरेको चिकित्सकहरु नै बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख....

कोरोना पोजेटिभ भएका सांसदले मत दिन पाउँछन्?

सङ्घीय संसद् सचिवालयले राष्ट्रपति कार्यालयको पत्र अनुसार बैठक सञ्चालनको तयारी सुरु गर्दै बैठक बस्नु अगाडी सचिवालयले सांसद, सांसदका कर्मचारी, मर्यादा पालकको स्वाब सङ्कलन गरिरहेको छ।