उकेरा अपडेट

कर्णाली स्वास्थ्य विज्ञानबाट ६ जनाको चिकित्सक टोली भेरी अस्पताल जाँदै

उकेरा संवाददाता


सुर्खेत : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ६ जनाको चिकित्सक टोली नेपालगञ्जको भेरी अस्पताल जान थालेको छ।

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा चिकित्सकलाई समेत कोरोना देखिएर अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि चिकित्सकको टोली जान थालेको हो ।

स्वास्थ्य मन्त्रालय र भेरी अञ्चल अस्पतालले प्रतिष्ठानसँग चिकित्सकको सहयोग मागेपछि प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरीको नेतृत्वमा ६ जनाको टोली जहाजमार्फत आज दिउँसो नेपालगञ्ज जान लागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।

डा. गिरीसहित डा. अरुण श्रेष्ठ, डा. हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा भेरी अञ्चल अस्पतालमा जान लागेका हुन्।

उनीहरुले करिब १० देखि १४ दिनसम्म भेरी अस्पतालमा बसेर बिरामीको उपचार र व्यवस्थापनमा सहयोग गर्ने प्रतिष्ठानले जनाएको छ।
भेरी अस्पतालमा जनशक्तिको अभाव हुँदा उपचार व्यवस्थापनमा गाह्रो परेको भन्दै आफ्नो नेतृत्वको टिमले त्यसमा सहयोग र सहजीकरण गर्ने डा. गिरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एस्ट्राजेनेका र स्पुतनिक खोप ल्याउन पहल भइरहेको सरकारको दाबी

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा एस्ट्राजेनेका भ्याक्सिन सहयोगको सम्बन्धमा काठमाण्डौँस्थित अमेरिकी दूतावास र वाशिंटनस्थित नेपाली राजदूतावास मार्फत आवश्यक पहल भइरहेको दाबी गरिएको छ।....

सरकारको दाबी : ७ सय १२ आइसियु, ४ सय ४३ भेन्टिलेटर खाली छ

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिले पनि एक हजार ८ सय १७ आइसियूमध्ये एक हजार एक सय ५ वटा मात्र प्रयोगमा....

औषधिमा भ्रष्टाचार अक्षम्य अपराध : देउवा

कांग्रेस सभापति देउवाले जनताको जीवनरक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीय, अनैतिक र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको बताए। ‘जनताको जीवन रक्षा....

मुख्यमन्त्रीको संयोजकत्वमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरिने

बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ को नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रदेशमा प्रभावकारी बनाउन निर्देशन, समन्वयन तथा एकीकृत व्यवस्थापन गर्ने उद्देश्यसहित निर्देशन समिति गठन गर्ने निर्णय....

सांसदलाई विश्वासको मत दिन कोरोना रिपोर्ट अनिवार्य

पिसिआर रिपोर्ट वैशाख २२ गतेपछिको मात्रै मान्य हुने व्यवस्था गरिएको संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापाले जानकारी दिए। ‘पिसिआर टेस्ट गरेको रिपोर्ट अनिवार्य गरिएको छ,’....