प्रदेश

कैलालीमा ३० गते सम्म निषेधाज्ञा

उकेरा संवाददाता


धनगढी : कैलालीमा जारी निषेधाज्ञा वैशाख ३० गतेसम्म निरन्तरता दिइने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले वैशाख १६ गतेदेखि २२ गतेसम्म हुने गरी जारी गरिएको निषेधाज्ञाको समयावधि लम्बिएको हो ।

जिल्लामा कोरोना संक्रमणदर बढ्दै गइरहेको भन्दै वैशाख ३० गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने प्रमुख जिल्ला अभिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।

 

उनका अनुसार सङ्क्रमणको प्रभाव न्यून रहेका चुरे र मोहन्याल गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा सो निर्णय लागु हुने जनाएको छ । 

 

यस्तै सबै बैङ्क तथा वित्तीय संस्थाहरू वैशाख २० गतेदेखि ३० गतेसम्म बिहान ९बजेदेखि साढे ११ बजेसम्म मात्र एउटा बैङ्कको एउटा मात्र शाखा खुला गर्न पाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

घोडाघोडी नगरपालिका १ सुखडकी ५७ वर्षीय महिला, पर्वत घर भई कञ्चनपुर पुनर्वास नगरपालिका ७ बस्ने ७६ वर्षीया महिला, कैलाली गोदावरी नगरपालिका २ का ३८ वर्षीय....

कोरोना नियन्त्रणमा गण्डकी प्रदेशः ४० प्रतिशत संक्रमणदर, ४०० आइसोलेशन, २८० आइसियु,६७ भेन्टिलेटर

कोरोनाको बढ्दो चापका कारण कास्कि लगायतका गण्डकी प्रदेश भित्रका व्यापारिक शहरहरुमा निषेधाज्ञ लागु भइसकेको छ।  हाल सम्म गण्डकि प्रदेशमा १९४२४ संक्रमीत भेटिएकोमा  १७९०० निको भएसकेका....

वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो २५ शेैयाको कोभिड अस्पताल

कटुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रवार नगर प्रमुख देवकुमार सुवेदी उद्घाटन गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको बेला सङ्क्रमितको सहज....

काँग्रेस सुनसरी पार्टी कार्यालयमा आइसोलेसन बनाइने, मेयरका गाडी एम्बुलेन्सको रूपमा प्रयोग 

कोइरालाले कोरोना जोखिमको मध्यनजर गरेर सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उकेरासँग कुरा गर्दै उनले महामारीको बेला पार्टी भन्दा माथि उठेर मानवीय हितको लागी लड्नुपर्ने....

बिरामीले भरियो सेती अस्पताल : उपचार नपाउँदा ६ जनाको मृत्यु 

सेती अन्तर्गत रहेको ५५ शय्याको अस्थायी कोरोना अस्पताल भरिएको  र १५ शय्याका आकस्मिक कक्ष पनि भरिए पछि आकस्मिक कक्षकै ग्यालरीबाटै उपचार थालिएको अस्पतालका सूचना अधिकारी....