उकेरा अपडेट

कोरोना सङ्क्रमित एमाले नेता खनाल अक्सिजनको सपोर्टमा

उकेरा संवाददाता


काठमाडौंःनेकपा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल कोरोना भाइरस सङ्क्रमण भई नर्भिक अस्पताल भर्ना भएका छन्।

नेता खनाल शनिवार साँझ अस्पतालमा भर्ना भएको अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिए। नेता खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ,‘कोरोना सङ्क्रमण भई उहाँ शनिवार साँझदेखि नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो।’खनालको स्वास्थ्य अवस्था सामान्य नै रहेको बुझेको बास्तोलाले उकेरालाई जानकारी  दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एस्ट्राजेनेका र स्पुतनिक खोप ल्याउन पहल भइरहेको सरकारको दाबी

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा एस्ट्राजेनेका भ्याक्सिन सहयोगको सम्बन्धमा काठमाण्डौँस्थित अमेरिकी दूतावास र वाशिंटनस्थित नेपाली राजदूतावास मार्फत आवश्यक पहल भइरहेको दाबी गरिएको छ।....

सरकारको दाबी : ७ सय १२ आइसियु, ४ सय ४३ भेन्टिलेटर खाली छ

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिले पनि एक हजार ८ सय १७ आइसियूमध्ये एक हजार एक सय ५ वटा मात्र प्रयोगमा....

औषधिमा भ्रष्टाचार अक्षम्य अपराध : देउवा

कांग्रेस सभापति देउवाले जनताको जीवनरक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीय, अनैतिक र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको बताए। ‘जनताको जीवन रक्षा....

मुख्यमन्त्रीको संयोजकत्वमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरिने

बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ को नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रदेशमा प्रभावकारी बनाउन निर्देशन, समन्वयन तथा एकीकृत व्यवस्थापन गर्ने उद्देश्यसहित निर्देशन समिति गठन गर्ने निर्णय....

सांसदलाई विश्वासको मत दिन कोरोना रिपोर्ट अनिवार्य

पिसिआर रिपोर्ट वैशाख २२ गतेपछिको मात्रै मान्य हुने व्यवस्था गरिएको संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापाले जानकारी दिए। ‘पिसिआर टेस्ट गरेको रिपोर्ट अनिवार्य गरिएको छ,’....