प्रदेश

निषेधाज्ञामा पनि वीरेन्द्रनगरका बजार अनुगमन

उकेरा संवाददाता


सुर्खेत : वैशाख १४ गते राति १२ बजेदेखि सुर्खेतमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। तर, अहिले निषेधाज्ञामा पनि धमाधम वीरेन्द्रनगरका बजार अनुगमन गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाइमा मेडिकल, खाद्यान्न पसल, तरकारी पसल, सब्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरिएको हो।                        

निषेधाज्ञाको बेलामा बजारमा कालोबजारी हुने, कृत्रिम अभाव सिर्जना गरी उपभोक्ताहरुलाई मर्कामा पार्ने काम हुने भएकोले अनुगमन गरिएको सहायक प्रजिअ महतले बताए।

उनले मेडिकलहरुमा मास्क सेनिटाइजरको प्रयोग, बिक्री दर लगायतको बारेमा बुझिएको उल्लेख गरे।

यस्तै शनिबार (आज) बिहान वीरेन्द्रनगरका १३ वटा दैनिक उपभोग्य वस्तुका पसल तथा तरकारी मण्डीहरुको अनुगमन गरिएको छ।

अनुगमनका क्रममा विशेषगरी तेल, पिठोको मूल्यबृद्धि भएको पाइएको सहायक प्रजिअ महतले बताए। उनले दैनिक उपभोग्य बस्तुहरु ल्याएको कुनै पनि गाडीहरु नरोकिएकोले कुनै व्यापारीले अस्वभाविक मूल्यबृद्धि गराएको पाइए कारबाही गरिने चेतावनी दिए।

साथै व्यापारीहरुलाई स्वास्थ्यका मापदण्ड अपनाएर तोकिएको समयभित्र सामानहरु बिक्री वितरण गर्न सुझाव दिए। यस्तै उनले तरकारी मण्डी तथा खाद्य पसल व्यापारीहरुलाई दैनिक रुपमा उपभोग्य वस्तु तथा तरकारीहरुको मूल्य सूचीको प्रतिलिपि जिल्ला प्रशासनमा बुझाउन पनि निर्देशन दिएका छन्।

निषेधाज्ञाको समयमा पनि अनुगमन गर्दा उपभोक्ता तथा सर्वसाधारणलाई व्यापारीहरुले ठगी गर्न नपाउने हुँदा बाँकी अन्य दिनमा पनि यसलाई निरन्तरता दिने सहायक प्रजिअ महतको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

घोडाघोडी नगरपालिका १ सुखडकी ५७ वर्षीय महिला, पर्वत घर भई कञ्चनपुर पुनर्वास नगरपालिका ७ बस्ने ७६ वर्षीया महिला, कैलाली गोदावरी नगरपालिका २ का ३८ वर्षीय....

कोरोना नियन्त्रणमा गण्डकी प्रदेशः ४० प्रतिशत संक्रमणदर, ४०० आइसोलेशन, २८० आइसियु,६७ भेन्टिलेटर

कोरोनाको बढ्दो चापका कारण कास्कि लगायतका गण्डकी प्रदेश भित्रका व्यापारिक शहरहरुमा निषेधाज्ञ लागु भइसकेको छ।  हाल सम्म गण्डकि प्रदेशमा १९४२४ संक्रमीत भेटिएकोमा  १७९०० निको भएसकेका....

वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो २५ शेैयाको कोभिड अस्पताल

कटुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रवार नगर प्रमुख देवकुमार सुवेदी उद्घाटन गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको बेला सङ्क्रमितको सहज....

काँग्रेस सुनसरी पार्टी कार्यालयमा आइसोलेसन बनाइने, मेयरका गाडी एम्बुलेन्सको रूपमा प्रयोग 

कोइरालाले कोरोना जोखिमको मध्यनजर गरेर सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उकेरासँग कुरा गर्दै उनले महामारीको बेला पार्टी भन्दा माथि उठेर मानवीय हितको लागी लड्नुपर्ने....

बिरामीले भरियो सेती अस्पताल : उपचार नपाउँदा ६ जनाको मृत्यु 

सेती अन्तर्गत रहेको ५५ शय्याको अस्थायी कोरोना अस्पताल भरिएको  र १५ शय्याका आकस्मिक कक्ष पनि भरिए पछि आकस्मिक कक्षकै ग्यालरीबाटै उपचार थालिएको अस्पतालका सूचना अधिकारी....