प्रदेश

प्रदेश २ : भारतबाट दैनिक १५ सय भित्रँदै नेपाल, जङ्गलबाट आउँछन्-जान्छन्

प्रजु पन्त


काठमाडौँ : कोरोना समंक्रमणको दर उच्च भए पनि भारतबाट नेपाल भित्रिनेको सङ्ख्या उस्तै छ। भारतसँगको सबैभन्दा ठुलो नाका  वीरगन्जमा  मात्र दैनिक ५ सय हार हारीमा भारतबाट नेपाल आउने गरेका छन्।

प्रदेश दुईमा भारतबाट दैनिक १५ सय जना आइरहेको नेपाल प्रहरी प्रदेश दुईका प्रवक्ता एवं एसपी कृष्ण प्रसाईँले जानकारी दिए। ‘भारतीय नागरिकलाई नेपाल प्रवेश  गर्न दिएका छैनौँ,’ प्रसाईँले भने ‘त्यसो हुँदा पनि दैनिक एक हजार पाँच सय हाराहारी नेपाली आइरहेका छन्।'
उनले भारत हुँदै नेपाल आउनेहरूलाई हेल्थ डेस्कमा स्वास्थ्य जाँच गर्ने र मास्क लगाउन प्रेरित गरिरहेको बताए।

वीरगन्जमा सबैभन्दा धेरै सङ्क्रमित
प्रदेश दुईका  ८ वटा जिल्लामा शुक्रवारसम्म २ हजार ८७ जना सङ्क्रमित पुष्टि भएको छ।
सबैभन्दा धेरै सङ्क्रमित पर्सा जिल्लामा छन्। पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलका अनुसार पर्सामा मात्रै १२ सय सङ्क्रमित छन्  भने १४ वटा पालिका रहेको पर्सामा सबैभन्दा धेरै सङ्क्रमित वीरगन्ज महानगरपालिकामा रहेका छन्।
सिपिआर परीक्षण गराएका मध्य ५० प्रतिशत भन्दा बढिमा कोरोना देखिएको छ।
‘हिजो ३ सय जनामा सिपिआर परीक्षण गरिएको थियो ती मध्य १ सय ५३ लाई कोरोना सङ्क्रमण देखियो,’ पौडेलले भने ‘दैनिक मृत्यु कहिले ३ कहिले दुई र शून्य पनि छ।’
जिल्ला प्रशासन कार्यालय पर्साले १६ गते देखि लकडाउन जिल्ला भर लकडाउन गरेको छ।
गत वर्ष नेपालको कोरोनाका केन्द्रबिन्दु वीरगन्ज महानगरपालिका थियो। यसपालि पनि जिल्ला भर १ हजार २ सय १ सङ्क्रमित  रहेकोमा  ६ सय भन्दा बढी वीरगन्ज महानगरपालिकाकै भएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौलाले बताए।

‘पोहोरको जस्तो भयावह स्थिति आइसकेको छैन,’ निरौलाले भने ‘यसपालि नि प्रदेश दुईमा सबैभन्दा धेरै सङ्क्रमित हुने जिल्ला र महानगरमा वीरगन्ज परेको छ।'
खुल्ला सिमाना भएकाले भारतबाट आउनेलाई चाहेर पनि रोक्न नसकेको उनले बताए। पर्सामा चैत १० गते देखि परीक्षण सुरु गरिएकोमा १ हजार २ सय ७८  जना सङ्क्रमित भए भने सक्रिय सङ्क्रमित १ हजार २ सय एक छन्।
निरौलाका अनुसार वीरगन्ज महानगरपालिकाले २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको। विपन्नलाई अक्सिजन निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको उनले बताए।
‘भारतमा अक्सिजनको कमीले धेरैको ज्यान गएको सुनेपछि हामीले अक्सिजन तयारी अवस्थामा राखेका छौँ,’उनले भने ‘विपन्नलाई निःशुल्क उपलब्ध गराइने छ।’
सहायक प्रमुख जिल्ला अधिकारी भीम कान्त पौडेलका अनुसार  जिल्लामा आइसोलेसनको २ सय ९९ बेड छन्। आइसियु  ११८, भेन्टिलेटर ३३ वटा छन्। प्रदेश दुई भर २८ जना आइसियुमा र ५ जना भेन्टिलेटर मा उपचाररत छन्। ती सबै पर्सा जिल्लाकै सङ्क्रमित हुन्। 

उनका अनुसार जिल्ला नेपाल मेडिकल कलेजको अस्पताल, बाबा अस्पताल र नारायणी अस्पताललाई कोभिड अस्पताल बनाइएको छ भने अन्य निजी अस्पतालले २० प्रतिशत कोरोना बिरामी उपचार गर्ने नियम लागू गरिएको छ।
‘माथिकै निर्देशन अनुसार नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई फर्काएका छौँ,’ पौडेलले भने ‘नेपालीको स्वास्थ्य स्थिति हेरेर परीक्षण गरेका छौँ। तर खुला सिमाना भएकाले झाडी जङ्गलबाट प्रवेश गर्नेलाई  रोक्न सकिएको छैन।’

कोरोना अस्पताललाई ५ लाख
सामाजिक विकास मन्त्रालयका प्रवक्ता ठुलो बाबु दाहालका अनुसार प्रत्येक जिल्लामा कोभिड अस्पतालका ५ लाखका दरले उपलब्ध गराइएको छ।
‘जिल्ला भर ५ सय ५१ क्षमता भएको आइसोलेसन छन्,’दाहालले भने ‘अहिलेसम्म प्रत्येक जिल्लाका कोरोना अस्पतालमा अक्सिजनका लागि ५ लाख उपलब्ध गराउने निर्णय छ।’
त्यस्तै प्रादेशिक अस्पताल जनकपुरमा १ सय सैया थप गरिएको छ।
उनका अनुसार कोरोना सङ्क्रमण बढ्दै गए जिल्लामा स्वास्थ्यकर्मी बढाउने तयारी सामाजिक मन्त्रालयले गरेको छ। पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएपछि रणनीति तयार गर्न मन्त्रालयले बैठक बसिरहेको दाहालले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

घोडाघोडी नगरपालिका १ सुखडकी ५७ वर्षीय महिला, पर्वत घर भई कञ्चनपुर पुनर्वास नगरपालिका ७ बस्ने ७६ वर्षीया महिला, कैलाली गोदावरी नगरपालिका २ का ३८ वर्षीय....

कोरोना नियन्त्रणमा गण्डकी प्रदेशः ४० प्रतिशत संक्रमणदर, ४०० आइसोलेशन, २८० आइसियु,६७ भेन्टिलेटर

कोरोनाको बढ्दो चापका कारण कास्कि लगायतका गण्डकी प्रदेश भित्रका व्यापारिक शहरहरुमा निषेधाज्ञ लागु भइसकेको छ।  हाल सम्म गण्डकि प्रदेशमा १९४२४ संक्रमीत भेटिएकोमा  १७९०० निको भएसकेका....

वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो २५ शेैयाको कोभिड अस्पताल

कटुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रवार नगर प्रमुख देवकुमार सुवेदी उद्घाटन गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको बेला सङ्क्रमितको सहज....

काँग्रेस सुनसरी पार्टी कार्यालयमा आइसोलेसन बनाइने, मेयरका गाडी एम्बुलेन्सको रूपमा प्रयोग 

कोइरालाले कोरोना जोखिमको मध्यनजर गरेर सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उकेरासँग कुरा गर्दै उनले महामारीको बेला पार्टी भन्दा माथि उठेर मानवीय हितको लागी लड्नुपर्ने....

बिरामीले भरियो सेती अस्पताल : उपचार नपाउँदा ६ जनाको मृत्यु 

सेती अन्तर्गत रहेको ५५ शय्याको अस्थायी कोरोना अस्पताल भरिएको  र १५ शय्याका आकस्मिक कक्ष पनि भरिए पछि आकस्मिक कक्षकै ग्यालरीबाटै उपचार थालिएको अस्पतालका सूचना अधिकारी....