उकेरा अपडेट

तीन सय पत्रकार कोरोना सङ्क्रमित, ८ जनाको मृत्यु

पत्रकारका लागि आइसोलेसन केन्द्र बनाउँदै महासङ्घ

उकेरा संवाददाता


काठमाडौँ :  कोरोनाको पहिलो र दोस्रो चरणको कहरमा तीन सय पत्रकार सङ्क्रमित भएका छन्। हालसम्म ८ जना सञ्चारकर्मीले ज्यान गुमाएका छन्।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलका अनुसार दोस्रो चरणमा कोरोना सङ्क्रमित हुने पत्रकारहरूको सङ्ख्या बढिरहेको र तथ्याङ्क सङ्कलन र सहयोगका लागि जिल्ला तहसम्म सर्कुलर गरेको जानकारी दिए।

पछिल्लो समय रोहित दाहाल, मणि दाहाल, आशिष् ज्ञवाली, पुष्प दुलाल, दिनेश दाहाल लगायतका पत्रकार कोरोना सङ्क्रमित भएका छन्।

केन्द्रमा आइसोलेसन बनाउन पहल
महासङ्घले प्रधान कार्यालयमा पत्रकारका लागि आइसोलेसन केन्द्र बनाउने तयारी गरेको छ। पोखरेलका अनुसार सञ्चार ग्राममा रहेको पत्रकार आवास गृहमा अक्सिजनसहितको आइसोलेसन कक्ष बनाउने निर्णय भएको छ।
स्वास्थ्यको विषय संवेदनशील भएकाले आइसोलेसन बनाउन नेपाल, चिकित्सक सङ्घ लगायतका पक्षसँग छलफल भइरहेको उनले जानकारी दिए।

कोभिड सङ्क्रमित पत्रकार राख्न प्राविधिक जनशक्तिसहितको मेडिकल सामग्रीका लागि पहल भइरहेको छ उनले बताए।
प्रदेश र जिल्ला शाखामा समेत आइसोलेसन बनाउन पहल भइरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एस्ट्राजेनेका र स्पुतनिक खोप ल्याउन पहल भइरहेको सरकारको दाबी

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा एस्ट्राजेनेका भ्याक्सिन सहयोगको सम्बन्धमा काठमाण्डौँस्थित अमेरिकी दूतावास र वाशिंटनस्थित नेपाली राजदूतावास मार्फत आवश्यक पहल भइरहेको दाबी गरिएको छ।....

सरकारको दाबी : ७ सय १२ आइसियु, ४ सय ४३ भेन्टिलेटर खाली छ

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिले पनि एक हजार ८ सय १७ आइसियूमध्ये एक हजार एक सय ५ वटा मात्र प्रयोगमा....

औषधिमा भ्रष्टाचार अक्षम्य अपराध : देउवा

कांग्रेस सभापति देउवाले जनताको जीवनरक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीय, अनैतिक र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको बताए। ‘जनताको जीवन रक्षा....

मुख्यमन्त्रीको संयोजकत्वमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरिने

बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ को नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रदेशमा प्रभावकारी बनाउन निर्देशन, समन्वयन तथा एकीकृत व्यवस्थापन गर्ने उद्देश्यसहित निर्देशन समिति गठन गर्ने निर्णय....

सांसदलाई विश्वासको मत दिन कोरोना रिपोर्ट अनिवार्य

पिसिआर रिपोर्ट वैशाख २२ गतेपछिको मात्रै मान्य हुने व्यवस्था गरिएको संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापाले जानकारी दिए। ‘पिसिआर टेस्ट गरेको रिपोर्ट अनिवार्य गरिएको छ,’....