उकेरा अपडेट

फुट्यो विप्लव नेतृत्वको नेकपा

उकेरा संवाददाता


काठमाडौँ- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेको छ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सो पार्टीका पूर्वपोलिटब्यूरो सदस्य कृष्णप्रसाद धमला ‘गम्भीर’ को नेतृत्वमा नयाँ पार्टी घोषणा गरिएको छ।

धमलाको नेतृत्वमा ५१ सदस्यीय जन-समाजवादी मञ्च नामक नयाँ पार्टी गठन गरिएको आज एक विज्ञप्ति जारी गरी जानकारी गराइएको हो।

'पटक पटकको आन्दोलन र बलिदानीबाट उचाइमा पुगेको नेतृत्वले नै जनता धोका दिएकोले सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका विरुद्ध आन्दोलनको आँधी-बेहरी सिर्जना गर्नुपर्ने आवश्यकता छ,' विज्ञप्तिमा भनिएको छ, नेतृत्वमा क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हाबी रहेकोले लक्ष्य प्राप्त गर्न अर्को आवश्यकता छ।'

नयाँ विचार, नयाँ क्रान्ति, नयाँ आन्दोलन सिर्जना गर्न वैज्ञानिक समाजवादी कार्यदिशालाई अगाडि बढाउने पार्टी आवश्यक रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एस्ट्राजेनेका र स्पुतनिक खोप ल्याउन पहल भइरहेको सरकारको दाबी

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा एस्ट्राजेनेका भ्याक्सिन सहयोगको सम्बन्धमा काठमाण्डौँस्थित अमेरिकी दूतावास र वाशिंटनस्थित नेपाली राजदूतावास मार्फत आवश्यक पहल भइरहेको दाबी गरिएको छ।....

सरकारको दाबी : ७ सय १२ आइसियु, ४ सय ४३ भेन्टिलेटर खाली छ

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिले पनि एक हजार ८ सय १७ आइसियूमध्ये एक हजार एक सय ५ वटा मात्र प्रयोगमा....

औषधिमा भ्रष्टाचार अक्षम्य अपराध : देउवा

कांग्रेस सभापति देउवाले जनताको जीवनरक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीय, अनैतिक र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको बताए। ‘जनताको जीवन रक्षा....

मुख्यमन्त्रीको संयोजकत्वमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरिने

बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ को नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रदेशमा प्रभावकारी बनाउन निर्देशन, समन्वयन तथा एकीकृत व्यवस्थापन गर्ने उद्देश्यसहित निर्देशन समिति गठन गर्ने निर्णय....

सांसदलाई विश्वासको मत दिन कोरोना रिपोर्ट अनिवार्य

पिसिआर रिपोर्ट वैशाख २२ गतेपछिको मात्रै मान्य हुने व्यवस्था गरिएको संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापाले जानकारी दिए। ‘पिसिआर टेस्ट गरेको रिपोर्ट अनिवार्य गरिएको छ,’....