कलासंसार

साताका १० गीत : वियोन्सीको ‘ल्यासे पाउँ’ देखि ‘टपरीमा भात’ सम्म

उकेरा संवाददाता


यो साता नेपाली सांगीतिक बजारमा नेपाली युगान्डाकी गायिका वियोन्सीदेखि नवगायक–गायिकाहरुको स्वरमा थुप्रै गीत सार्वजनिक भए। तीनको संक्षिप्त समिक्षा :

वियोन्सी र राजनराजको ‘ल्यासे पाउँ’
‘फुलबुट्टे सारी’ गीत गएर चर्चामा आएकी युगान्डाकी गायिका द क्याप्टेन वियोन्से फाम्सीले गीतकार तथा संगीतकार राजनराज शिवाकोटीसँग गीत गाएकी छन्। राजन र वियोन्सीले युगल स्वरमा ‘ल्यासे पाउँ’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन्। अभिनयमा पनि दुवैलाई सँगै देख्न सकिन्छ।

यो गीत वियोन्सेले  लेखेकी हुन् भने संगीत राजनराजको हो। गीतको भिडियोमा राजेश पुमा राईले निर्देशन रहेको। उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ।

‘माया बैगुनी’मा दिलिप र उर्मिलाको जोडी
अमेरिकाको विभिन्न ठाउँमा छायांकन गरिएको ‘माया बैगुनी’ गीतको म्युजिक भिडियो सार्वजनिक भयो यो साता। गीतमा उर्मिला लाम्गादेको स्वर सुन्न सकिन्छ। बसन्त सापकोटाको शब्द र संगीत रहेको यो गीतलाई सुदीप सागरले संगीत संयोजन गरेका छन्।  

म्युजिक भिडियोमा गायिका आफैंले अभिनय गरेकी छन्। भिडियोमा गायिका लाम्गादे र  दिलिप रायमाझीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।  

बिक्की पुलामीको निर्देशनमा तयार भएको भिडियोलाई प्रज्वल पन्तले छायांकन गरेका छन्। यस भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन्।

एलिना र ध्रुवको ‘टपरीमा भात’
पछिल्लो समय स्रोता तथा दर्शकमाझ लोक प्रिय बनेकी एलिना चौहानको एकपछि अर्को गीत सर्वाजनिक भइहेका छन्। गायिका यो साता चौहान र गायक ध्रुव बिस्कोको स्वरमा ‘टपरीमा भात’ गीतको म्युजिक भिडियो सार्वजनिक भयो।

यस गीत नवराज शर्माको शब्द, अनिल जोशीको संगीत तथा नरेन्द्र बियोगीको एरेन्जमा तयार भएको हो।

गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन्। पुष्प खड्का, सुधीर श्रेष्ठ, सामरिक ढकाल, स्मारिक ढकाल लगायतका अभिनय छ। भिडियो उत्सव दाहालले छायांकन गरेका छन् भने सिलन लम्सालले सम्पादन गरेका छन्।

सुवासको निर्देशनमा ‘कुल्ची हिँड्छन् फूललाई’
अमेरिकामा बसोबास गर्दै आएका अभिनेता सुवास थापा पछिल्लो समय अभिनय तथा निर्देशन दुवैमा सक्रिय हुन थालेका छन्। उनैको अभिनय तथा निर्देशनमा ‘कुल्ची हिँड्छन् फूललाई’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

खेम रिजालको शब्द, छवि न्यौपानेको स्वर र कर्मा ग्यान्जेनको संगीत रहेको गीतको म्युजिक भिडियो यो साता सार्वजनिक भयो। यो गीतको भिडियोलाई अमेरिकामै खिचिएको हो।

‘सयौं कारण’ भन्दै सुपुष्पा र दीपक   
गीतकार प्रल्हाद शाहको नयाँ गीत भिडियो सार्वजनिक भयो। ‘पुरानै दिन्छु, मंगली, सरला जस्ता गीत लेखेका प्रल्हाद शाहको ‘सयौं कारण’ बोलको गीत युट्युु्बबाट सार्वजनिक गरिएको हो। यस गीतमा रामकृष्ण ढकालको आवाज तथा हरी लम्सालको संगीत रहेको छ।

गणेश शाहीले निर्देशन गरेको भिडियोमा अभिनेत्री सुपुष्पा भट्ट र मोडल दीपक घिमिरेको अभिनय देख्न सकिन्छ। अनिल के मानन्धरले छायांकन गरेको गीतको भिडियोको सम्पादन दिन्सन शाहले गरेका छन्।

विकास लिम्बु र ममता गुरुङको ‘पलपलमा’
गायक विकास लिम्बु र गायिका ममता गुरुङको स्वरमा ‘पलपलमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भयो। केशव बैरागी माइलोको शब्द तथा विकास चौधरीको संगीतमा तयार पारिएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

गीतको भिडियोमा इलामको रमणिय स्थानमा छायांकन गरिएको दृश्य देख्न सकिन्छ।

गीतको भिडियोमा विक्रम डिसीको छायांकन, वीरबहादुर थारुको सम्पादन, ज्ञानु सुब्बाको कोरियोग्राफी तथा उषा मलाहा सिम्रनको निर्देशन रहेको छ। पलपलमा गीतको भिडियोमा आवृत्ति कोइरोला र रेमन कटुवालको अभिनय रहेको छ।

किरण र अस्मिताको ‘सपना’  
रियालिटी शो नेपाल आइडल सिजन ३ का गायक किरण भुजेल र गायिका अस्मिता अधिकारिको स्वरमा ‘सपना’ बोलको म्युजिक भिडियो सार्वजनिक भयो यो साता। अम्बिका गुरुङको शब्दमा रचना रहेको यस गीतलाई शंकर थापा स्माइलले संगीत भरेका छन्।

सान थापाले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाई बुद्ध थापाले छायांकन गरेका छन्। राजीव समारको कोरियोग्राफी रहेको यस भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ। उषा उप्रेती, किरण भुजेल र अस्मिता श्रेष्ठले गीतको भिडियोमा अभिनय गरेका छन्।

मोहनको ‘बुट्टे रुमाल लैजानु चिनु’ सार्वजनिक
अलिफ खान र लक्ष्मी खड्काको स्वरमा ‘बुट्टे रुमाल लैजानु चिनु’ को गीतको भिडियो सार्वजनिक भयो। गीतको शब्द र लय मोहन खड्काले तयार पारेका हुन् भने शब्द रचनामा अमृता बन्जराले साथ दिएकी छन्।

भिडियोमा सारिका केसी, अर्जुन गौतम र अमृता बन्जराको अभिनय रहेको छ। कपिल लामाद्वारा निर्देशित भिडियोलाई छायांकन बिपिन क्षेत्रीले गरेका हुन् भने सम्पादन नवीनन घर्ती मगरले गरेका छन्।

कोशिस क्षेत्रीको ‘चन्द्र मुहार’ सार्वजनिक
गायक, संगीतकार एवं अभिनेता कोशिस क्षेत्रीको स्वरमा ‘चन्द्र मुहार’ गीतको भिडियो सार्वजनिक भयो । गीतमा कोशिसकै शब्द र संगीत रहेको छ भने उदयराज पौडेलले एरेन्ज गरेका हुन्।

भिडियोलाई कोशिष क्षेत्री आफैले निर्देशनका साथै अभिनय गरेका छन्। उनलाई अभिनयमा पुनम भण्डारीले साथ दिएकी छन्।

गोपीको ‘झिमझिम परेली’
गायिका विन्दु परियार र गोपी दाहालको आवाजमा ‘झिम झिम परेली’ गीतको म्युजिक भिडियो रिलिज भएको छ। गीतलाई गोपीले नै लेखेका हुन् भने संगीत र एरेन्ज राजेन्द्र बजगाईंको छ।

लामो समयदेखि चलचित्र तथा म्युजिक भिडियोमा नृत्य निर्देशन गर्दै आएका कमल राईले यस भिडियोलाई निर्देशन गरेका छन्।

भिडियोमा रिचा थापा र कमल सिंहको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कोरोनाको मारमा टेलिसिरियल, छायाङ्कन नहुँदा पुरानै दोहोरिने  

हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘सक्किगोनी’को एक भाग मात्रै स्टक रहेको सिरियलका लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)ले जानकारी दिए। निषेधाज्ञाका कारण छायाङ्कन रोकिँदा दर्शकले....

तारा अधिकारीको ‘तस्बिर’ सार्वजनिक

तस्बिरमा गुलेलीमा, पराईको सिन्दुर, पछ्यौरी र लाली ओठैमा गीत समावेश छन्। गुलेलीमा बोलको गीतमा किरण भुजेल र मेलिना राईको स्वर, दिपक शर्माको संगीत र साहस....

केही लेख्न खोज्छु फुर्दै फुर्दैन : जितु नेपाल 

अरू बेला व्यस्त हुने जितु अहिले घरमा बसेर परिवारका साथ समय बिताइरहेका छन्। दैनिक सुटिङमा दौडिने जितु घरमा बसेर निषेधाज्ञाको पूर्ण पालना गरिरहेको बताउँछन्।  उनले....

निषेधाज्ञाले समय पाएकी गायिका रचना परीक्षाको तयारीमा

काठमाडौँमा हुँदा दैनिक २ देखि ४ वटा गीत रेकर्डिङमा व्यस्त भएकी रचना अहिले झापा बिर्तामोड घरमा बसेर कक्षा १२ को परीक्षाको तयारी गरिरहेकी छन्। उनी....

नेपाली चलचित्रको डिजिटल बाटो : कसैलाई आश, कोही निराश

कोरोना दोस्रो लहरको प्रभावले नेपाली चलचित्रको नयाँ बहसलाई फेरि प्रथामिकताका साथ उभ्याएको छ। बढ्दो कोरोनाका कारण खुलेका हलहरु पनि बन्द हुने अवस्थामा पुगीसकेका छन् भने....