प्रदेश

प्रदेश सरकारले खर्च दिने भएपछि कोरोना वार्ड बनाउँदै निजी अस्पताल

जीवन विष्ट


धनगढी : सुदूरपश्चिम  प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचारमा लाग्ने सबै खर्च बेहोर्ने निर्णय गरेपछि कैलालीका निजी अस्पतालहरूले कोरोना सङ्क्रमितहरूको उपचारको लागि कोरोना वार्ड सुरु गरेका छन्। 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीका अनुसार सरकारी अस्पतालमा हुँदै आएको सेवा सुविधा निजी अस्पतालबाट पनि दिइने निर्णय भएको जानकारी दिए।

कार्कीले सरकारी अस्पताल बाहिरका उपचार गर्दा लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय भएको जानकारी दिँदै भने‘ सामान्य प्रकृतिको छ, भने प्रति दिन प्रति बिरामीको उपचार खर्च ३ हजार ५ सय रुपैयाँ हो। जटिल लक्षण भएका बिरामीको हकमा ७ हजार र १५ हजार रुपैयाँ सरकारले उपलब्ध गराउनेछ।’

सहमतिसँगै प्रदेश सरकारको सहकार्यमा यहाँका निजी अस्पतालहरूले सङ्क्रमितहरूको उपचारको लागि वार्ड सञ्चालन सुरु गरेका छन्। निजी अस्पताल सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष जनकराज जोशीले प्रत्येक निजी अस्पतालहरूले ५ देखि १० बेडसम्मको वार्ड सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए। 

अत्तरियाको पद्मा अस्पताल र धनगढीको नवजीवन अस्पतालले १०–१० बेड उपलब्ध गराउने तयारी गरेका छन्। पद्मा अस्पतालका प्रबन्ध निर्देशन नर बहादुर मौनिले सरकारसँगको सहमति अनुसार तयारी थालिएको बताए।

त्यस्तै धनगढीको कैलाली अस्पताल, माया मेट्रो अस्पताल, निर्सग अस्पताल, सिपी अस्पताल, नोभा अस्पताल, सारथि अस्पताल, केजी अस्पताल र कैलालीको ओम आशा अस्पतालले ५–५ बेड उपलब्ध गराउने भएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

घोडाघोडी नगरपालिका १ सुखडकी ५७ वर्षीय महिला, पर्वत घर भई कञ्चनपुर पुनर्वास नगरपालिका ७ बस्ने ७६ वर्षीया महिला, कैलाली गोदावरी नगरपालिका २ का ३८ वर्षीय....

कोरोना नियन्त्रणमा गण्डकी प्रदेशः ४० प्रतिशत संक्रमणदर, ४०० आइसोलेशन, २८० आइसियु,६७ भेन्टिलेटर

कोरोनाको बढ्दो चापका कारण कास्कि लगायतका गण्डकी प्रदेश भित्रका व्यापारिक शहरहरुमा निषेधाज्ञ लागु भइसकेको छ।  हाल सम्म गण्डकि प्रदेशमा १९४२४ संक्रमीत भेटिएकोमा  १७९०० निको भएसकेका....

वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो २५ शेैयाको कोभिड अस्पताल

कटुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रवार नगर प्रमुख देवकुमार सुवेदी उद्घाटन गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको बेला सङ्क्रमितको सहज....

काँग्रेस सुनसरी पार्टी कार्यालयमा आइसोलेसन बनाइने, मेयरका गाडी एम्बुलेन्सको रूपमा प्रयोग 

कोइरालाले कोरोना जोखिमको मध्यनजर गरेर सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उकेरासँग कुरा गर्दै उनले महामारीको बेला पार्टी भन्दा माथि उठेर मानवीय हितको लागी लड्नुपर्ने....

बिरामीले भरियो सेती अस्पताल : उपचार नपाउँदा ६ जनाको मृत्यु 

सेती अन्तर्गत रहेको ५५ शय्याको अस्थायी कोरोना अस्पताल भरिएको  र १५ शय्याका आकस्मिक कक्ष पनि भरिए पछि आकस्मिक कक्षकै ग्यालरीबाटै उपचार थालिएको अस्पतालका सूचना अधिकारी....