प्रदेश

प्रदेश १ मा कोरोना संक्रमितको सङ्ख्या २ हजार नाघ्यो, ८ वर्ष मुनी र ६० वर्षमाथिका घर बाहिर ननिस्कन आग्रह

उकेरा संवाददाता


इटहरीः प्रदेश नम्बर १ को झापा मोरङ र सुनसरी  कोरोना भाइरसबाट अति प्रभावित जिल्लामा परेका छन्। सिमावर्ती नाकाबाट संक्रमण भित्रीएको भन्दै सरकारले तीन जिल्लालाई अति प्रभावितको सुचिमा राखेको हो। प्रदेश १ मा आज २९१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, तेह्रथुम र पाँचथरमा १(१ र प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १४१ पुगेको छ । 

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कुनै पनि मार्गबाट देश विदेश जाने आउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरू पूर्णरुपमा नगर्न र नगराउन आग्रह गरिएको हो।

सार्वजनिक स्थानमा जाने, भिडभाड हुने कामहरू समेत नगर्न र नगराउन समेत मन्त्रालयले आग्रह गरेको छ। 

मोरगंमा निशेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको घोषणा गरेको छ। विराटनगर महानगरपालिका, ओहदा गाउँपालिका, रङेली नगरपालिका लगायत स्थानमा निषेधाज्ञा लागु गरिएको हो।

शुक्रवार आदेश जारीगर्दै प्रमुख जिल्ला अधिकारी केशहरि निरौलाले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्नुपर्ने, ८ बर्ष मुनिका र ६० बर्ष माथिका नागरिकलाई बाहिर ननिस्कन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

घोडाघोडी नगरपालिका १ सुखडकी ५७ वर्षीय महिला, पर्वत घर भई कञ्चनपुर पुनर्वास नगरपालिका ७ बस्ने ७६ वर्षीया महिला, कैलाली गोदावरी नगरपालिका २ का ३८ वर्षीय....

कोरोना नियन्त्रणमा गण्डकी प्रदेशः ४० प्रतिशत संक्रमणदर, ४०० आइसोलेशन, २८० आइसियु,६७ भेन्टिलेटर

कोरोनाको बढ्दो चापका कारण कास्कि लगायतका गण्डकी प्रदेश भित्रका व्यापारिक शहरहरुमा निषेधाज्ञ लागु भइसकेको छ।  हाल सम्म गण्डकि प्रदेशमा १९४२४ संक्रमीत भेटिएकोमा  १७९०० निको भएसकेका....

वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो २५ शेैयाको कोभिड अस्पताल

कटुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रवार नगर प्रमुख देवकुमार सुवेदी उद्घाटन गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको बेला सङ्क्रमितको सहज....

काँग्रेस सुनसरी पार्टी कार्यालयमा आइसोलेसन बनाइने, मेयरका गाडी एम्बुलेन्सको रूपमा प्रयोग 

कोइरालाले कोरोना जोखिमको मध्यनजर गरेर सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उकेरासँग कुरा गर्दै उनले महामारीको बेला पार्टी भन्दा माथि उठेर मानवीय हितको लागी लड्नुपर्ने....

बिरामीले भरियो सेती अस्पताल : उपचार नपाउँदा ६ जनाको मृत्यु 

सेती अन्तर्गत रहेको ५५ शय्याको अस्थायी कोरोना अस्पताल भरिएको  र १५ शय्याका आकस्मिक कक्ष पनि भरिए पछि आकस्मिक कक्षकै ग्यालरीबाटै उपचार थालिएको अस्पतालका सूचना अधिकारी....