गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

प्रकाशले फेसबुकमा लेखेका छन्, 'केएमसीमा पिसिआर टेस्ट गर्दा मेरो रिपोर्ट कोरोना पोजेटिभ आएको छ। यो बीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नुहोला।'

एकदमै शरीर दुख्ने/गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो फिल भएपछि आफूले पिसिआर टेस्ट गराएको र अहिले होम आइसोलेसनमा रहेको पनि उनले जानकारी दिएका छन्।

'अवस्था सामान्य छ। कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौं तर यसलाई सामान्य भने नठानौं,' उनले लेखेका छन्, 'सतर्कता अपनाऔं। सुरक्षित बसौं।'

१७ बैशाख, २०७८, १४:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।