दीपक मनाङेको बदलिएको परिचय: गुण्डा, माननीयहुँदै अब खेलकुद मन्त्री

दीपक मनाङेको बदलिएको परिचय: गुण्डा, माननीयहुँदै अब खेलकुद मन्त्री

सरकार जोगाउन गुरुङले आपराधिक पृष्ठभूमि भएका मनाङेलाई खेलकुद मन्त्रीमा सिफारिस गरेर आजै प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाए।

मनाङबाट एमालेकै सहयोगमा प्रदेश सांसदमा निर्वाचित भएका मनाङे पुरानो आपराधिक घटनामा कैद सजाय भोग्न बाँकी नै रहेको खुलेपछि शपथै नखाई फरार थिए। 

उनलाई शपथ खाने वातावरण समेत मुख्यमन्त्री गुरुङले नै मिलाइदिएका थिए।

प्रहरीको रेकर्ड अनुसार दर्जन बढी आपराधिक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मनाङे काठमाडौँ ठमेल क्षेत्रलाई आधार बनाएर सङ्गठित आपराधिक समूह सञ्चालन गर्दै आएका थिए। 

जवर्जस्ती रकम असुली लगायतका उनीमाथि दर्जनौँ अभियोग लाग्दै जेल बस्दै निस्कँदै आएका उनी पछिल्लै समय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिमा सक्रिय भएका थिए। 

राप्रपा मनाङका नेताहरू एमालेमा गएपछि उनी पनि एमालेमा लागे। तर प्रदेश सांसदको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका उनलाई पछि एमालेले आफ्नो उम्मेदवार फिर्ता गराएर सहयोग गरेको थियो। उनी मनाङको प्रदेश ख बाट  एक हजार चार सय १० मत ल्याएर विजयी भएका थिए।

१६ बैशाख, २०७८, १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।