दीपक मनाङे बने खेलकुद मन्त्री 

दीपक मनाङे बने खेलकुद मन्त्री 

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीव गुरुङ(दीपक मनाङे) लाई मन्त्रीमा नियुक्त गरेका छन्।

मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको गण्डकी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। 

उनको अहिले सवा ५ बजे शपथ हुन लागेको प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बास्तोलाले जानकारी दिए।

प्रदेश सांसदमा निर्वाचित भएपछि मनाङे अखिल नेपाल फुटबल सङ्घ पोखराका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका थिए। उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले ६ हजार रुपैयाँ धरौटीमा छाडेको थियो। 

१६ बैशाख, २०७८, १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।