सुनचाँदी व्यवसायीको कार्यालय आजदेखि बन्द, दरभाउ भने प्रकाशित 

सुनचाँदी व्यवसायीको कार्यालय आजदेखि बन्द, दरभाउ भने प्रकाशित 

काठमाडौँ : कोरोनाको नयाँ भेरियन्टको महामारीका कारण आजदेखि नेपाल सुनचाँदी व्यवसायी महासङ्घको कार्यालय बन्द भएको छ। निषेधाज्ञा अवधिभर महासङ्घको कार्यालय बन्द रहने महासङ्घले जनाएको छ। 

महासङ्घले दैनिक सुनचाँदीको दरभाउ भने प्रकाशित हुने जनाएको छ। महासङ्घको दैनिक दरभाउ अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ।

हिजो ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलाको ९० हजार ८ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। 

यस्तै तेजाबी सुन तोलाको ९० हजार ३ सय रुपैयाँ कायम भएको छ। चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १३१५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। 

१६ बैशाख, २०७८, ११:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।