कलासंसार

कसरी जन्मियो ‘मेरो पनि हैन र यो देश’ ?

भोला अधिकारी 


काठमाडौँ : नेपाली साङ्गीतिक आकाशमा पछिल्लो समय चर्चामा रहेको गीत हो, ‘मेरो पनि हैन र यो देश। यो गीतका सर्जक तथा गायक हुन् प्रकाश सपुत।

दोहोरी ब्याटलबोल मायागलबन्दीफुटेका चुराबदला बरिलै जस्ता लोकप्रिय गीतमा आवाज भरिसकेका प्रकाश गायकसँगै मोडल तथा म्युजिक भिडियो निर्देशक पनि हुन्।

विशेषतः दोहोरी गायकका रूपमा चिनिएका प्रकाशले मेरो पनि हैन र यो देश’ जस्तो राष्ट्रिय भावनाको गीत लेख्ने र भिडियो बनाउने प्रेरणा कहाँबाट प्राप्त गरेयो गीतको जन्म कसरी भयो भन्ने विषयमा उकेराकर्मी भोला अधिकारीसँग आफ्नो अनुभव यसरी सुनाएः

मेरो दिमागले लामो समयदेखि राष्ट्रिय भावनाको गीत पनि बनाउनुपर्छ भन्ने सोचिरहेको थियो। सोचेको कुरा फुर्सदको समयमा डाइरीमा टिपेँ। गीतको पहिलो हरफ मेरो पनि हैन र यो देश’ लेखिसकेपछि अन्य शब्दहरू बिस्तारै थप्दै जाँदा अहिलेको गीत सिर्जना भएको हो।

दोहोरी ब्याटल तथा लोक दोहोरी गीत गाएकै थिएँ। मेरो मनमा राष्ट्रिय भावनाका गीत सिर्जना गरेर सबै समुदायलाई समेट्नु पर्छ भन्ने लागिरहेको थियो। अर्को कुरामेरो रुचिको दायरा पनि फराकिलो छ। त्यसैले पनि म सबै विषयमा  काम गर्न रुचाउँछु।

सबैभन्दा माथि त राष्ट्रियता हुन्छ नि। म गीत बनाउँदा समाजका हरेक गतिविधिहरेक अङ्ग र तिनीहरूको भावनालाई समेट्न खोज्छु। त्यही कारणले यो गीत जन्मिएको हो।

हुन त मैले सबै खालका गीतहरू गाइरहेको छु। तरमेरो चिनारी चाहिँ दोहोरी तथा ब्याटलबाट बढी भयो। त्यही भएर अब छुट्टै पहिचान बनाउनुपर्छ भनेर राष्ट्रिय भावनाको गीत निकालेको हुँ।

ट्रेन्डिङको आस थिएन

सबै कलाकारको अथाह सहयोगले मेरो पनि हैन र यो देश’ गीत निर्माण गर्न सफल भइयो। राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरू अहिलेसम्म युट्युबमा ट्रेन्डिङमा आएको थाहा छैन।

तरयो गीतको फरक कन्सेप्टलाई दर्शक तथा श्रोताले मन पराइदिनुभयो। अहिले ट्रेन्डिङ एकमा आउनु र सबैले गीतको प्रशंसा गर्नु मेरो अहोभाग्य हो। यसबाट मैले राम्रो गीतलाई फरक खालको कन्सेप्टमा प्रस्तुत गरियो भने राष्ट्रिय भावनाको गीत चल्छ भन्ने थाहा पाएँ। अहिलेको गीतले यो कुरा साबित गरेको छ।

रियालिटी शोको कन्सेप्ट होइन

मैले यो गीतको भिडियो रियालिटी शोको कन्सेप्टमा बनाएको होइन। रसोचेको पनि छैन। मेरो लागि यो गीतको भिडियो फरक सोच र फरक कन्सेप्ट थियो। अहिले धेरैले रियालिटी शोको प्रभाव हो भनिरहनुभएको छ। बरु एउटा नाटकको कन्सेप्टलाई गीतमार्फत देखाउन खोजेको चाहिँ हो।

कसरी एउटै स्टेजमा धेरै जना कलाकार तथा अडियन्स अटाउन सक्छु भन्ने थियो। गीतको भिडियोमा यति धेरै कलाकार थिए कि म्यानेज गर्नै कठिन भइरहेको थियो। तर मैले पहिलेदेखि नै सबैलाई आ-आफ्नो पार्ट जिम्मा दिएर गीतको सुटिङ थालेको थिएँ। त्यस कारण गीतको सुटिङ एक दिनमा नै सक्न सफल भयौँ।

अनागरिक शब्द

यो शब्द कार्यक्रमको सिलसिलामा भेटिएका पात्रहरूबाट आएको हो। एउटा समूहले कार्यक्रम गर्न जाँदा स्टेजमा प्रस्तुति दिएको कन्सेप्ट आयो। कन्सेप्ट त आयो तर त्यो समूहको नाम के राख्ने त भन्ने सन्दर्भमा म अन्योलमा परेँ।

गीतका लाइनहरू पटक पटक सुनेँ। गीतका शब्दहरूले देशप्रति गुनासो गरेको पाएँ। आफ्नै देशभित्र पनि अनागरिक भएजस्तो गुनासो गीतले पोखेको छ। त्यसपछि अनागरिक शब्द ठिक हुन्छ भन्ने लाग्यो।

जसले नागरिक हुन पाएका छैनन्नागरिक भएको अनुभूति गर्न पाएका छैनन्। तिनीहरूको नाममा समर्पित गीत बनाऊँ न त भन्ने हिसाबले स्टेजमा गीत गाउनेहरूको नाम अनागरिक राखेका हौँ।

अझै देशमा अनागरिक छन्

अझै पनि धेरै मानिस राज्यको पहुँचबाट बाहिर छन्। कतिले राज्य भएको महसुस नै गर्न पाएका छैनन्। निकै थोरै मानिसलाई मात्र यो देश सजिलो छजो राज्यको पहुँचसम्म पुगेका छन्।

सिस्टम राम्रो नभएका कारण धेरैले दुःख पाइरहेका छन्। नागरिकता होस् वा अन्य सानातिना काम गर्न पनि भनसुन गर्नुपर्ने हुन्छ। श्रमको समेत सम्मान हुँदैन। सामान्य काम गर्न पनि चिनजानको मान्छे चाहिनेनत्र काम नै हुँदैन। तिनीहरूले आफूलाई अनागरिक महसुस गरिरहेका छन्।

यो सबै सिस्टम नभएर हो। जहाँ सिस्टमले काम गर्छत्यहाँ तर राजनीतिक पहुँच तथा भनसुनको आवश्यकता नै पर्दैन। आफैँ काम गर्छन्सिस्टममा हिँड्छन्। राज्यबाट पाउने सुविधा सिस्टम फलो गरेर पाउँछन्।

यस्तै अनागरिक बनाइएका वर्गको चिन्ता हामीले यो गीतमा समेटेका हौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कोरोनाको मारमा टेलिसिरियल, छायाङ्कन नहुँदा पुरानै दोहोरिने  

हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘सक्किगोनी’को एक भाग मात्रै स्टक रहेको सिरियलका लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)ले जानकारी दिए। निषेधाज्ञाका कारण छायाङ्कन रोकिँदा दर्शकले....

तारा अधिकारीको ‘तस्बिर’ सार्वजनिक

तस्बिरमा गुलेलीमा, पराईको सिन्दुर, पछ्यौरी र लाली ओठैमा गीत समावेश छन्। गुलेलीमा बोलको गीतमा किरण भुजेल र मेलिना राईको स्वर, दिपक शर्माको संगीत र साहस....

केही लेख्न खोज्छु फुर्दै फुर्दैन : जितु नेपाल 

अरू बेला व्यस्त हुने जितु अहिले घरमा बसेर परिवारका साथ समय बिताइरहेका छन्। दैनिक सुटिङमा दौडिने जितु घरमा बसेर निषेधाज्ञाको पूर्ण पालना गरिरहेको बताउँछन्।  उनले....

निषेधाज्ञाले समय पाएकी गायिका रचना परीक्षाको तयारीमा

काठमाडौँमा हुँदा दैनिक २ देखि ४ वटा गीत रेकर्डिङमा व्यस्त भएकी रचना अहिले झापा बिर्तामोड घरमा बसेर कक्षा १२ को परीक्षाको तयारी गरिरहेकी छन्। उनी....

साताका १० गीत : वियोन्सीको ‘ल्यासे पाउँ’ देखि ‘टपरीमा भात’ सम्म

वियोन्सी र राजनराजको ‘ल्यासे पाउँ’ ‘फुलबुट्टे सारी’ गीत गएर चर्चामा आएकी युगान्डाकी गायिका द क्याप्टेन वियोन्से फाम्सीले गीतकार तथा संगीतकार राजनराज शिवाकोटीसँग गीत गाएकी....