मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने 

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने 

पोखरा : गण्डकी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल भइरहेको छ।

दिउँसो १ बजेदेखि बसेको बैठकमा नेकपा एमालेका सांसदले मुख्यमन्त्रीको बचाउ गरिरहेका छन्। अप्राकृतिक गठबन्धन गरेर प्रदेश सभामा अविश्वास प्रस्ताव आएको सत्तापक्ष एमाले सांसदको आरोप छ। 

आफ्नो पार्टी मिलाउन नसक्नेले जनताको काम गर्न नसक्ने अविश्वासको प्रस्ताव पक्षका सांसदले बताएका छन्। मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव आजै मत विभाजनमार्फत टुङ्गो लगाउने गण्डकी प्रदेश सभाको कार्यसूची रहेको छ। 

प्रदेश सभाका कोरोना सङ्क्रमित भएका ३ जना सदस्यलाई छुट्टै ठाउँ निर्धारण गरिएको छ। मत दिन पाउने भएपनि संसदमा भने उनीहरूले बोल्न नपाउने प्रदेश सभा सचिवालयले जनाएको छ। 

१५ बैशाख, २०७८, १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।