सुन तोलामा ७ सय रुपैयाँले घट्यो 

सुन तोलामा ७ सय रुपैयाँले घट्यो 

काठमाडौँ : सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ।

छापावाल सुन हिजोको मूल्यमा ७ सय रुपैयाँले घटेर आज ९० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

हिजो छापावाल सुन तोलाको ९१ हजार २ सय रुपैयाँका किनबेच भएको थियो। यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको छ। चाँदी तोलाको १३०५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। 

१५ बैशाख, २०७८, ११:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।