सुर्खेतमा दुईजना कोरोना सङ्क्रमितको मृत्यु

सुर्खेतमा दुईजना कोरोना सङ्क्रमितको मृत्यु
तस्बिर : सांकेतिक

अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको अस्पतालका फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए। 

उनका अनुसार भेरिगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मृत्यु भएको हो।

भेरिगंगाका बिरामी वैशाख ५ र वीरेन्द्रनगरका बिरामी वैशाख ११ गतेदेखि अस्पतालमा उपचाररत थिए।

१५ बैशाख, २०७८, ०८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।