गण्डकी प्रदेश सभा बैठक सत्तारुढ दलबाटै अवरुद्ध 

गण्डकी प्रदेश सभा बैठक सत्तारुढ दलबाटै अवरुद्ध 

नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीले हिजो प्रदेश सभामा टेबुल गरेको अविश्वासको प्रस्तावमा छलफल गर्ने आजको कार्यसूची थियो। 

नेकपा एमालेका सांसदले पिसिआर परीक्षण नगराई प्रदेश सभा बैठक नराख्न माग गरेका छन्। अविश्वासको प्रस्ताव पर धकेल्न सत्तारुढ दलकै सांसदले उठेर विरोध जनाएपछि प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ।

आजको बैठकमा २५ जना सांसदले बोल्न नाम टिपाएका छन्। २५ मध्ये १८ जना सत्तारुढ नेकपा एमालेकै सांसदहरू रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध टेबुल भएको अविश्वासको प्रस्तावमा छलफल सकिएपछि मतदान हुनेछ। मतदान हुनुअघि मुख्यमन्त्री गुरुङले छलफलमा उठेका प्रश्नको जवाफ दिनुपर्ने छ। 

१४ बैशाख, २०७८, १२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।