उकेरा अपडेट

पेस्तोल सहित पक्राउ परे भारतीय नागरिक

उकेरा संवाददाता


काठमाडौँ : सशस्त्र प्रहरीले पेस्तोल सहित एक जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ। सशस्त्रले आइतबार साँझ सर्लाहीबाट  २ नाल कटुवा पेस्तोल सहित सकलदिप कुमारलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट खुटौनाले मलंगवा नगरपालिका ६ खुटौनाबाट उनलाई पक्राउ गरेको हो। सोधपुछमा उनी भारत सितामढिका भएको खुलेको छ।

उनको साथबाट २ सय ग्राम चरेस समेत बरामद भएको सशस्त्रले जानकारी दिएको छ। भारतीय मोटरसाइकल सहित पक्राउ परेका कुमारलाई सशस्त्र प्रहरीले थप अनुसन्धानका लागि नेपाल प्रहरीको स्थानीय कार्यालयमा बुझाएको छ।

विद्यमान कानुन अनुसार आपराधिक गतिविधिमा संलग्न रहेको शङ्का लागेमा सशस्त्रले नियन्त्रणमा लिएर जाँच गर्ने अधिकारी भए पनि थप अनुसन्धानको अधिकार भने छैन। आपराधिक घटनामा संलग्न कुनै व्यक्ति पक्राउ परे स्थानीय प्रहरी कार्यालयमा बुझाउनुपर्ने नियम छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एस्ट्राजेनेका र स्पुतनिक खोप ल्याउन पहल भइरहेको सरकारको दाबी

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा एस्ट्राजेनेका भ्याक्सिन सहयोगको सम्बन्धमा काठमाण्डौँस्थित अमेरिकी दूतावास र वाशिंटनस्थित नेपाली राजदूतावास मार्फत आवश्यक पहल भइरहेको दाबी गरिएको छ।....

सरकारको दाबी : ७ सय १२ आइसियु, ४ सय ४३ भेन्टिलेटर खाली छ

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिले पनि एक हजार ८ सय १७ आइसियूमध्ये एक हजार एक सय ५ वटा मात्र प्रयोगमा....

औषधिमा भ्रष्टाचार अक्षम्य अपराध : देउवा

कांग्रेस सभापति देउवाले जनताको जीवनरक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीय, अनैतिक र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको बताए। ‘जनताको जीवन रक्षा....

मुख्यमन्त्रीको संयोजकत्वमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरिने

बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ को नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रदेशमा प्रभावकारी बनाउन निर्देशन, समन्वयन तथा एकीकृत व्यवस्थापन गर्ने उद्देश्यसहित निर्देशन समिति गठन गर्ने निर्णय....

सांसदलाई विश्वासको मत दिन कोरोना रिपोर्ट अनिवार्य

पिसिआर रिपोर्ट वैशाख २२ गतेपछिको मात्रै मान्य हुने व्यवस्था गरिएको संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापाले जानकारी दिए। ‘पिसिआर टेस्ट गरेको रिपोर्ट अनिवार्य गरिएको छ,’....