खेलकुद

एक हारले एक दिनमै पहिलोबाट तेस्रो स्थानमा झर्‍याे बैंगलोर 

उकेरा संवाददाता


तस्बिर : आइपिएलटिट्वान्टीडटकम। 

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार चेन्नईविरुद्धको खेलअघि शीर्ष स्थानमा थियो रोयल च्यालेन्जर्स बैंगलोर। अंकतालिकामा उसले ४ खेलबाट ८ अंक जाेडेकाे थियो। 

अंकतालिकामा दोस्रो स्थानमा थियो चेन्नई सुपर किंग्स। बैंगलोरसँग समान खेल खेलेको उसको अंकतालिकामा ६ अंक थियो। 

तेस्रो स्थानमा थियो दिल्ली क्यापिटल। उसको पनि समान ४ खेलबाट ६ अंक थियो। 

०००

तर, आइतबारको पहिलो खेलमा चेन्नईविरुद्ध ६९ रनले पराजित भएपछि बैंगलोर दोस्रो स्थानमा झर्याे। चेन्नईसँग समान ८ अंक हुँदा ऊ रनरेटका आधारमा दोस्रो स्थानमा झरेको थियो। 

चेन्नईको रनरेट १.६१२ थियो भने बैंगलोरको ०.०९६। 

०००

आइतबारको अबेर राति सम्पन्न आइपिएलको दोस्रो खेलमा दिल्ली क्यापिटलले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्याे। 

जितसँगै तेस्रो स्थानको दिल्ली एक स्थान माथि उक्लियो। उसले रनरेटका आधारमा बैंगलोरलाई पछि पार्याे। दिल्लीको रनरेट भयो ०.३३४। 

र, बैंगलोर तेस्रो स्थानमा झर्याे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ब्राजिल र नेदरल्यान्ड्सको विजयी सुरुवात

स्टार खेलाडी नेयमारको उत्कृष्ट प्रदर्शनमा आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३ ० गोलले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो। ब्राजिललाई जिताउन मार्क्विन्होस, नेयमार....

इङ्गल्यान्ड र क्रोएसियाको खेलमा एक दर्शक घाइते

वेम्वली स्टेडियममा इंग्ल्याण्डले १-० को अन्तरले क्रोएसियालाई जितेको सो खेलमा एक दर्शक खसेका हुन्। स्टेडियमका प्रवक्ताले खेल सुरु भए लगत्तै एक दर्शक खसेर गम्भीर घाइते....

क्रोएसियामाथि इंग्ल्यान्डको जित 

लण्डनको वेम्बली स्टेडियममा आइतबार राति सम्पन्न खेलमा उसले क्रोएसियालाई १–० गोल अन्तरले पराजित गर्याे।  इंग्ल्यान्डलाई जित दिलाउन खेलको ५७ औं मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल....

युरो कपमा बेल्जियमको विजयी सुरुवात, लुकालुले गरे २ गोल 

रुसको सेन्ट पिटर्सवर्गमा शनिबार राति भएको खेलमा उसले घरेलु टोलीलाई ३–० गोल अन्तरले पराजित गर्याे।  बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले २ गोल गरे। यस्तै, थोमस....

युरो कप: मैदानमै बेहोस भए डेनमार्कका मिडफिल्डर

खेलको ४२ औँ मिनेटमा मैदानको टचलाइन छेउमा एक्लै हिँडिरहेको बेला डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमै ढले। उनका टिमका खेलाडीहरूले उनलाई घेरा हालेर मेडिकल टिमलाई बोलाए।....