खेलकुद

सुपर ओभरमा दिल्लीले हैदरावादलाई हरायो 

उकेरा संवाददाता


तस्बिर : आइपिएलटिट्वान्टीडटकम। 

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटलले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ। 

मुम्बईको वाङखडे रंगशालामा आइतबार राति सम्पन्न खेलमा दुवै टोलीले समान रन बनाएपछि खेलको छिनोफानो सुपर ओभरबाट भएको थियो। 

सुपर ओभरमा पहिले ब्याटिङ गर्न आएको हैदरावादले ७ रन बनायो। ८ रनको लक्ष्य पछ्याएको दिल्लीले अन्तिम बलमा लक्ष्ष पूरा गर्याे।  

जितसँगै दिल्ली अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उसको ५ खेलबाट ८ अंक छ। हैदरावाद भने २ अंकसहित सातौं स्थानमा छ। अंकतालिकाको शीर्षमा चेन्नई सुपर किंग्स छ। 

खेलको दोस्रो पारीमा १ सय ६० रनको लक्ष्य पछ्याएको हैदरावादले ७ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो। उसका लागि केन विलियम्सनले अविजित रहँदै ६६ रन बनाएका थिए। यस्तै, जोनी बेरिस्टोले दुई सयभन्दा बढीको स्ट्राइक रेटमा ३८ रन बनाउँदा जगादीशा सुचितले अविजित रहँदै १५ रन जोडेका थिए। 

बलिङमा दिल्लीका अभेस खानले ३, अक्षर पटेलले २ र अमित मिश्राले १ विकेट लिएका थिए। 

त्यसअघि टस जितेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५९ रन जोडेको थियो। उसका लागि प्रारम्भिक ब्याट्सम्यान पृथ्वी सोले सर्वाधिक ५३ रन जोडेका थिए। यस्तै, कप्तान रिसभ पन्तले ३७ रन बनाउँदा स्टिभ स्मिथ ३४ रनमा अविजित रहेका थिए। यस्तै, शिखर धवनले २८ रनको योगदान दिएका थिए। 

बलिङमा हैदरावादका सिद्धार्थ कौलले २ र रासिद खानले १ विकेट लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

इङ्गल्यान्ड र क्रोएसियाको खेलमा एक दर्शक घाइते

वेम्वली स्टेडियममा इंग्ल्याण्डले १-० को अन्तरले क्रोएसियालाई जितेको सो खेलमा एक दर्शक खसेका हुन्। स्टेडियमका प्रवक्ताले खेल सुरु भए लगत्तै एक दर्शक खसेर गम्भीर घाइते....

क्रोएसियामाथि इंग्ल्यान्डको जित 

लण्डनको वेम्बली स्टेडियममा आइतबार राति सम्पन्न खेलमा उसले क्रोएसियालाई १–० गोल अन्तरले पराजित गर्याे।  इंग्ल्यान्डलाई जित दिलाउन खेलको ५७ औं मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल....

युरो कपमा बेल्जियमको विजयी सुरुवात, लुकालुले गरे २ गोल 

रुसको सेन्ट पिटर्सवर्गमा शनिबार राति भएको खेलमा उसले घरेलु टोलीलाई ३–० गोल अन्तरले पराजित गर्याे।  बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले २ गोल गरे। यस्तै, थोमस....

युरो कप: मैदानमै बेहोस भए डेनमार्कका मिडफिल्डर

खेलको ४२ औँ मिनेटमा मैदानको टचलाइन छेउमा एक्लै हिँडिरहेको बेला डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमै ढले। उनका टिमका खेलाडीहरूले उनलाई घेरा हालेर मेडिकल टिमलाई बोलाए।....

नेपालको एसियन कम छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकियो

विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित भएको थियो। पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा १ गोल खायो। ....