खेलकुद

बैंगलोरलाई हराउँदै चेन्नई शीर्षमा 

उकेरा संवाददाता


तस्बिर : आइपिएलटिट्वान्टीडटकम। 

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स शीर्ष स्थानमा उक्लिएको छ। 

मुम्बईको वाङखडे रंगशालामा आज (आइतबार) प्रतियोगिताको जारी सिजनमा अपराजित रोयल च्यालेन्जर्स बैंगलोरलाई ६९ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो। 

जारी सिजनमा ५ खेल खेलेको चेन्नईको ८ अंक छ। समान खेल र अंक हासिल गरेको बैंगलोर रनरेटका आधारमा दोस्रो स्थानमा छ। यसअघि ऊ शीर्ष स्थानमा थियो। 

१ सय ९२ रनको लक्ष्य पछ्याएको बैंगलोर निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय २२ रनमा समेटिएपछि चेन्नईले.सहज जित हासिल गरेको हो। 

बैंगलोरका लागि देवदक्त पाडिक्कलले सर्वाधिक ३४ रन बनाउँदा ग्लेन म्याक्सवेलले २२ र केएल जेमिन्सनले १६ रनको योगदान दिए। मोहम्मद सिराज १२ रनमा अविजित रहे। अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्। 

बलिङमा चेन्नईका रवीन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिए। यस्तै, इमरान ताहिरले २ तथा सार्दुल ठाकुर र साम कुरानले समान १ खेलाडीलाई पेवेलियन फर्काए। 

त्यसअघि टस जितेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो। उसका लागि रवीन्द्र जडेजाले अविजित रहँदै आक्रामक रूपमा ६२ रन बनाए। २८ बल खेलेका उनले आफ्नो पारीमा ४ चौका र ५ छक्का प्रहार गरे।

यस्तै, फाप डु प्लेसिसले ५०, ऋतुराज गायकवाडले ३३, सुरेश रैनाले २४ र अम्बाती रायडुले १४ रनको योगदान दिए। 

बलिङतर्फ बैंगलोरका हर्षल पटेलले ३ र युजवेन्द्र चहलले १ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ब्राजिल र नेदरल्यान्ड्सको विजयी सुरुवात

स्टार खेलाडी नेयमारको उत्कृष्ट प्रदर्शनमा आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३ ० गोलले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो। ब्राजिललाई जिताउन मार्क्विन्होस, नेयमार....

इङ्गल्यान्ड र क्रोएसियाको खेलमा एक दर्शक घाइते

वेम्वली स्टेडियममा इंग्ल्याण्डले १-० को अन्तरले क्रोएसियालाई जितेको सो खेलमा एक दर्शक खसेका हुन्। स्टेडियमका प्रवक्ताले खेल सुरु भए लगत्तै एक दर्शक खसेर गम्भीर घाइते....

क्रोएसियामाथि इंग्ल्यान्डको जित 

लण्डनको वेम्बली स्टेडियममा आइतबार राति सम्पन्न खेलमा उसले क्रोएसियालाई १–० गोल अन्तरले पराजित गर्याे।  इंग्ल्यान्डलाई जित दिलाउन खेलको ५७ औं मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल....

युरो कपमा बेल्जियमको विजयी सुरुवात, लुकालुले गरे २ गोल 

रुसको सेन्ट पिटर्सवर्गमा शनिबार राति भएको खेलमा उसले घरेलु टोलीलाई ३–० गोल अन्तरले पराजित गर्याे।  बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले २ गोल गरे। यस्तै, थोमस....

युरो कप: मैदानमै बेहोस भए डेनमार्कका मिडफिल्डर

खेलको ४२ औँ मिनेटमा मैदानको टचलाइन छेउमा एक्लै हिँडिरहेको बेला डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमै ढले। उनका टिमका खेलाडीहरूले उनलाई घेरा हालेर मेडिकल टिमलाई बोलाए।....