स्वास्थ्य

भारतमा कोरोना सङ्क्रमणबाट २० नेपालीको ज्यान गयो

उकेरा संवाददाता


काठमाडौँ : बढ्दो कोरोना सङ्क्रमणसँगै विदेशमा विभिन्न प्रयोजनका लागि रहेका नेपाली नागरिक सङ्क्रमण हुने र मृत्यु हुने सङ्ख्या बढ्न थालेको छ। भारतमा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गएपछि त्यहाँ रहेका नेपालीहरू समेत प्रभावित बनेका छन्।

गैर आवासीय नेपाली सङ्घका अनुसार यो साता भारतमा मात्रै २० जना नेपालीले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाए। सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको छ।

यो साता भारतमा २०,  कुवेतमा २  र कतारमा १ जना नेपालीको कोरोना सङ्क्रमणका कारण ज्यान गयो। भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य समेत रहेका अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा. सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा थप १० जना नेपालीले कोरोनाका कारण ज्यान गुमाए।

सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश ५० वर्ष भन्दा मुनिका छन्। हालसम्म विश्वका २१ मुलुकमा सङ्क्रमणका कारण ३ सय ७२ जना नेपालीको ज्यान गइसकेको छ। मृत्यु भएकामध्ये दुई सय ४५ मध्यपूर्वका हुन्।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड १९ का कारण सङ्क्रमित हुने नेपालीको सङ्ख्या ६८ हजार ५ सय ६ पुगेको छ। कुल सङ्क्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७ सय ४४ जना सङ्क्रमणमुक्त भएका छन्। यो साता भारत, कुवेत, कतार, युएई, रोमनीया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्ड रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

नेपालमा भारतीय नागरिकको सङ्ख्या बढेपछि स्वास्थ्य परीक्षणमा कडाइ गर्दै स्वास्थ्य मन्त्रालय

सोही आधारमा नेपालमा परीक्षण मात्रै गर्ने र नेपाललाई ट्रान्जिट बनाउन मात्र आएका विदेशी नागरिकहरूको परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयले ल्याबहरूलाई निर्देशन जारी गरेको हो। भारतबाट नेपाल....

कोरोना त्रास : तनहुँमा बेलुका १० बजेपछि व्यवसाय बन्द गर्न प्रशासनको सूचना

विज्ञप्तिमा ‘भारतमा थप क्रियाशील भई नेपालमा समेत सङ्क्रमितको दर बढ्दै गएको र मृत्युदर समेत वृद्धि भएकाले खुला सीमा नाकाको कारण सीमा नाकाबाट मानिसको आवतजावत बढी....

भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने काम नगर्न आग्रह गरेको हो। मन्त्रालयले कोरोना सङ्क्रमण फैलनबाट....

जोखिम समूहलाई सेप्टेम्बरसम्म खोप लगाई सकिन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी 

उनले २० लाख डोज कोरोनाविरुद्धको खोप आइसकेको र बाँकी १० लाख डोज खोप आउने क्रममा रहेको बताए। कोरोनाविरुद्धको खोप लगाएपछि मन्त्री त्रिपाठीले खोप उत्पादन गर्ने....

सरकारले २० लाख डोज खोप किन्न सेरमलाई पैसा पठायो

प्रतिडोज ४ डलरका दरले पैसा पठाएको  मन्त्रालयका प्रवक्ता गौतमले उकेरालाई जानकारी दिए। डा. गौतमले भने,‘सम्झौता गर्‍यौँ। २० लाख डोजको लागि ८० प्रतिशत एडभान्स पठायौँ।’  नेपालमा....