स्वास्थ्य

नेपालमा भारतीय नागरिकको सङ्ख्या बढेपछि स्वास्थ्य परीक्षणमा कडाइ गर्दै स्वास्थ्य मन्त्रालय

नेपालमा स्वास्थ्य परीक्षण मात्र गर्न आउने या क्वारेनटिन बनाउन आउनेको स्वास्थ्य परीक्षण नगर्न ल्याबहरूलाई निर्देशन

उकेरा संवाददाता


काठमाडौँ : भारतीय नागरिकहरू कोरोनाको परीक्षण गर्न नेपाल आउने क्रम बढेपछि सरकारले त्यस्ता व्यक्तिहरूको परीक्षण नगर्न निर्देशन जारी गरेको छ। भारतमा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर पुगेपछि नेपाललाई ट्रान्जिट बनाउन, कोरोना परीक्षण गर्न र कोरोना विरुद्धको खोप लगाउन भारतीय नागरिक आउने क्रम बढेको छ। 

सोही आधारमा नेपालमा परीक्षण मात्रै गर्ने र नेपाललाई ट्रान्जिट बनाउन मात्र आएका विदेशी नागरिकहरूको परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयले ल्याबहरूलाई निर्देशन जारी गरेको हो।

भारतबाट नेपाल आउने हवाई मार्ग खुला हुँदा हरेक दिन भारतबाट नेपाल आउनेहरूको सङ्ख्या बढेको छ। काठमाडौँका अधिकांश होटलहरुमा भारतीय नागरिकको सङ्ख्या बढेको छ।

कोभिड १९ को प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार नेपाली नागरिक, कूटनैतिक निकाय तथा मिसनका कर्मचारी र उनीहरूको परिवार अनि नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई परिचय खुल्ने प्रमाणको आधारमा मात्रै परीक्षणको व्यवस्था गर्न निर्देशनमा उल्लेख गरिएको छ।

नेपाललाई क्वारेनटाइन बनाउन या परीक्षण मात्र गर्न आउनेहरूलाई निरुत्साहित गर्न नसक्दा सङ्क्रमण फैलने जोखिम बढेर गएको मन्त्रालयका सह–प्रवक्ता समीर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सो निर्देशन विपरीत कसैले परीक्षण गर्ने वा गराउने गरेको पाइए नियम अनुसार कारबाही गर्ने मन्त्रालयको सूचनामा उल्लेख छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

भारतमा कोरोना सङ्क्रमणबाट २० नेपालीको ज्यान गयो

गैर आवासीय नेपाली सङ्घका अनुसार यो साता भारतमा मात्रै २० जना नेपालीले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाए। सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार....

कोरोना त्रास : तनहुँमा बेलुका १० बजेपछि व्यवसाय बन्द गर्न प्रशासनको सूचना

विज्ञप्तिमा ‘भारतमा थप क्रियाशील भई नेपालमा समेत सङ्क्रमितको दर बढ्दै गएको र मृत्युदर समेत वृद्धि भएकाले खुला सीमा नाकाको कारण सीमा नाकाबाट मानिसको आवतजावत बढी....

भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने काम नगर्न आग्रह गरेको हो। मन्त्रालयले कोरोना सङ्क्रमण फैलनबाट....

जोखिम समूहलाई सेप्टेम्बरसम्म खोप लगाई सकिन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी 

उनले २० लाख डोज कोरोनाविरुद्धको खोप आइसकेको र बाँकी १० लाख डोज खोप आउने क्रममा रहेको बताए। कोरोनाविरुद्धको खोप लगाएपछि मन्त्री त्रिपाठीले खोप उत्पादन गर्ने....

सरकारले २० लाख डोज खोप किन्न सेरमलाई पैसा पठायो

प्रतिडोज ४ डलरका दरले पैसा पठाएको  मन्त्रालयका प्रवक्ता गौतमले उकेरालाई जानकारी दिए। डा. गौतमले भने,‘सम्झौता गर्‍यौँ। २० लाख डोजको लागि ८० प्रतिशत एडभान्स पठायौँ।’  नेपालमा....