त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपाललाई

त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपाललाई

काठमाडौं : नेपालले त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि जितेको छ। कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १ सय ४२ रनले हराउँदै उपाधि जितेको हो।

टस हारेर ब्याटिङको रोजेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय ३८ रन बनायो। दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनायो। नेदरल्याण्डसविरुद्धको खेलमा कुशल भुर्तेलले अद्र्धशतक प्रहार गरो। सिरिजमा यो उनको चौथो अद्र्धशतक हो। उनले ५३ बल खेल्ने क्रममा तीन छक्का र आठ चौका हाने  सहित ७३ रन बनाए। आशिफ शेखले १६ र कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाए। कुशल मल्लले अद्र्धशतक प्रहार गरे। उनले २४ बलमा अविजित ५० रन बनाए। उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४८ रन बनाए। उनले  १८ बल खेल्दै तीन छक्का र पाँच चौका प्रहार गरे।  बलिङतर्फ नेदरल्याण्डसका लागि फिलिपे वोइसेविनले दुई तथा सेवास्टियन ब्राटले एक विकेट लिए ।   विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले सुरुआतदेखि नै विकेट गुमाउँदै गयो।नेदरल्याण्डसले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो। उसले आठ ओभरमा छ विकेट गुमाउँदै ४३ रन बनाएको थियो। नेदरल्याण्डसका लागि म्याक्स ओडाउडले २० रन बनाए।  यस्तै कप्तान पिटस शेलारले १३ रन बनाए। अन्तिम समयसम्म सेवास्टियन ब्राटले आफ्नो टोलीलाई साथ दिए। उनले अविजित २६ रन बनाए।नेदरल्याण्डसका दुई खेलाडी रनआउट भए। बलिङतर्फ नेपालका करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछानेले दुई–दुई तथा अविनाश बोहराले एक विकेट लिएका थिए। लामिछानेले चार  ओभरमा २६ रन खर्चिँदै दुई विकेट लिएका थिए।  लामिछाने सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी बने। उनले  पाँच खेलमा १३ विकेट लिएका छन्।

११ बैशाख, २०७८, १८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।