कोरोना महामारी नियन्त्रणका लागी आवश्यक तयारी गर्न मुख्यमन्त्री राउतको निर्देशन

कोरोना महामारी नियन्त्रणका लागी आवश्यक तयारी गर्न मुख्यमन्त्री राउतको निर्देशन

धनुषा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागी आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।

प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशका सबै निकायहरूलाई आ–आफ्नो क्षेत्रको तयारीमा कुनै कमी नराख्न निर्देशन दिएका हुन्। बैठकले आठ वटै जिल्लामा रहेका पिसिआर ल्याबका लागी आवश्यक सामग्री तथा थप जनशक्तिको विवरण प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुखले तयार गर्ने निर्णय गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रादेशिक अस्पताल स्थित नर्सिङ कलेजलाई पुनः कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय बैठकले गरेको छ। यस्तै कोरोना महामारी नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिइएको छ। 

बैठकले महामारी नियन्त्रणका लागि प्रमुख सचिवको नेतृत्वमा सबै मन्त्रालयका सचिव र सुरक्षा निकायहरूका प्रमुख रहने गरी संयोजन कमिटी र आपूर्ति महाशाखाका प्रमुख डा प्रमोद कुमार यादवको नेतृत्वमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार डा. विनोद यादव, प्रादेशिक अस्पतालका मेसु डा. प्रमोद यादव र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण मिश्र सदस्य रहने प्राविधिक समिति पनि गठन गरेको छ।

१० बैशाख, २०७८, १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।