नायिका केकी कोरोना संक्रमित: चलचित्र ‘घिन्ताङ’को छायांकन रोकियो 

नायिका केकी कोरोना संक्रमित: चलचित्र ‘घिन्ताङ’को छायांकन रोकियो 

काठमाडौ : अभिनेत्री केकी अधिकारी कोरोना संक्रमित भएपछि चलचित्र ‘घिन्ताङ’को छायांकन प्रभावित बनेको छ। उनको स्वास्थ्य परिक्षण रिर्पोट पोजेटिभ आएपछि चलचित्रको छायाँकन प्रभावित बनेको निर्देशक दीपक श्रेष्ठले बताए। 

‘केकीलाई कोरोना पोजेटिभ देखिएको छ । नायिकालाई नै कोरोना पोजेटिभ देखिएपछि चलचित्रको छायांकन हुने कुरै भएन,’ उनले भने‘ अब उहाँ ठिक भएपछि मात्रै चलचित्रको छायांकन थाल्नेछौँ।’

निर्माण टिमले काभ्रेको पनौतीमा चलचित्रको छायांकनको तयारी गरेको थियो। चलचित्रको छायाँकन शुरु गर्न निर्माण युनिटका केही कर्मचारी छायाँकनस्थलमा पुगिसकेका थिए।

चलचित्रको छायाँकन शुरु गर्नुभन्दा अगाडि कलाकारको स्वास्थ्य परिक्षण गर्नेक्रममा केकीको नतिजा पोजेटिभ आएको श्रेष्ठले बताए। पहिलो परिक्षण रिर्पोटमा विश्वास नगरी उनको दोस्रो पटक परिक्षण गरिएको थियो। 

दोस्रो परिक्षणमा पनि उनमा संक्रमण भइसकेको देखिएपछि उनी होम क्वारेन्टाइनमा बसेकी छिन्।

यस अघि चलचित्रकोा छायांकनमा निस्कने तयारी  भैरहँदा निर्देशक श्रेष्ठलाई कोरोना पोजिटिभ देखिएको थियो।  यस चलचित्रमा केकीको अपोजिटमा गौरव पहारी छन्। 
 

७ बैशाख, २०७८, १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।