देह व्यापारमा लगाएको आरोपमा गेस्ट हाउस सञ्चालक पक्राउ

देह व्यापारमा लगाएको आरोपमा गेस्ट हाउस सञ्चालक पक्राउ

काठमाडौँ : एक किशोरीलाई वेटरको काम भन्दै जवर्जस्ती देह व्यापारमा लगाएको आरोपमा प्रहरीले कोटेश्वरमा रहेको गेस्ट हाउसको सञ्चालकलाई पक्राउ गरेको छ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर, गोदावरीका ७२  वर्षीय दीप श्रेष्ठ भन्ने देव बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार सुनिता (परिवर्तित नाम)लाई फेसबुकबाट चिनजान भएकी महिलाले राम्रो कमाई हुने काममा लगाई दिने भन्दै श्रेष्ठको कोटेश्वरमा रहेको दिपलक्ष्मी गेस्टहाउसमा लगेकी थिइन्।

ती महिलाले किशोरीलाई श्रेष्ठको जिम्मा लगाइन्। श्रेष्ठले प्रारम्भमा होटेल समेत रहेको गेस्ट हाउसमा आउने ग्राहकलाई खाना दिने वेटरको काम गर्नुपर्ने भन्दै उनलाई काममा लगाएका थिए।

श्रेष्ठले पछि गेस्ट हाउस र होटेलमा आउने ग्राहकहरूसँगै बसेर खाना खाने, बिल धेरै उठाउने रजवर्जस्ती देहव्यापारमा लगाएको ब्युरोको दाबी छ।

ब्युरोका अनुसार ती किशोरीलाई श्रेष्ठले ग्राहकहरूसँग दुई हजार देखी पैँतिस सय सम्म लिईजवर्जस्ती शारीरिक सम्बन्ध राख्न लगाउने र रकम समेत नदिने गर्दै आए।

पीडितले आफूलाईजवर्जस्ती देहव्यापारमा लगाएको भन्दै ब्युरोमा जाहेरी दिएपछि खटिएको टोलीले गेस्ट हाउस सञ्चालकलाई पक्राउ गरेको थियो। ब्युरोका अनुसार उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दाका हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको छ।

५ बैशाख, २०७८, २०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।