शिक्षा

तिलोत्तमा नगरमा वैशाख २० भित्रै वार्षिक परीक्षा 

उकेरा संवाददाता


रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा यहीँ वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको छ।

परीक्षा नलिँदै विद्यालय बन्द गर्दा विद्यार्थी, शिक्षक, अभिभावक सबैमा नकारात्मक असर पर्ने भएकोले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई तत्काल परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए। 

बालविकासदेखि कक्षा ३ सम्मको परीक्षा वैशाख १२ गतेसम्म र कक्षा ४ देखि ९ सम्मको परीक्षा वैशाख २० गतेभित्र सक्ने निर्णय नगरपालिकाले गरेको हो। 

यो वर्ष नगरस्तरीय परीक्षाका लागि ९ वटा केन्द्र निर्धारण गरिएको शिक्षा शाखा प्रमुख आचार्यले बताए।  कोरोना महामारी तीव्र रूपमा बढ्दै जाँदा विद्यालय बन्द गर्नुपर्ने दबाब बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत विनियोजन गर्न कांग्रेसको माग

कांग्रेसको शिक्षा विभागले विज्ञप्ति निकालेर विद्यालय तहमा कार्यरत बाल कक्षा शिक्षक तथा विद्यालय कर्मचारीलाई उचित पारिश्रमिकको व्यवस्था गर्न, विद्यालय तहमा रहेका राहत दरबन्दी, साबिक उच्च....

पोखरा विश्वविद्यालयका सबै परीक्षा स्थगित

यस अघि सीसीएमसीले सम्पूर्ण परीक्षा स्थगित गर्न शैक्षिक संस्थाहरूलाई निर्देशन दिएको थियो। निर्देशन अनुसार निजी विद्यालयहरूले चलिरहेका परीक्षा आजैदेखि स्थगित गरेका छन्। निर्देशन अवज्ञा गर्ने सप्तरीका....

विद्यालय बन्द गरेर मात्रै कोरोना संक्रमण कम हुँदैन : प्याब्सन/एनप्याब्सन         

‘आज स्वास्थ्य मन्त्रालयले एउटा कुरा गर्ला, भोलि पर्यटनले अर्को कुरा गर्ला मन्त्रालय पिच्छेका निर्णय मान्न सकिन्न,’सापकोटाले भने,‘शिक्षा मन्त्रालयले जे भन्छ त्यो हामीले मान्ने हो।’ प्याब्सनका....

कोरोना संक्रमण देखिएका विद्यालय बन्द गर्न महानगरको परिपत्र 

महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले नगर कार्यपालिकाको निर्णय अनुसार संक्रमण देखिएका विद्यालय आजैबाट बन्द गर्न परिपत्र गरिएको जानकारी दिए। ‘बिहीबार नगर कार्यपालिकाले गरेको निर्णय....

विद्यालय बन्द नगर्न सरोकारवालाको सुझाव

बैठकमा सहभागी निजी तथा आवासीय विद्यालयहरूको संगठन (प्यावसन) का अध्यक्ष टिकाराम पुरीका अनुसार सरोकारवालाहरूले सुरक्षा सम्बन्धी मापदण्डलाई कडाइका साथ लागु गरेर विद्यालय सञ्चालन गर्न सुझाव....