उकेरा अपडेट

आमाको सम्पत्ति लिएर अलपत्र पार्ने छोरी कारागार चलान

उकेरा संवाददाता


काठमाडौँ : आमाको सम्पत्ति लिएर हेरचाह नगरेको अभियोग लागेकी राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ।  

ज्येष्ठ नागरिक ऐन अन्तर्गत पक्राउ परी मुद्दा चलेको उनलाई काठमाडौँ जिल्ला अदालतले सोमबार मुद्दाको अन्तिम किनारा नलाएसम्म कारागारमा राख्न आदेश दिएपछि उनी सुन्धाराको महिला बन्दी गृह चलान भएकी छिन्। 

उनको ८४ वर्षकी आमा शोभा रिजालले श्रीमान्को मृत्युपछि छोरीसँगै बस्दा उनले आफ्नो श्रीमान् र आफ्नो नाममा रहेको संयुक्त खातामा रहेको गहना, तीन करोड रुपैंया र सेयरहरू झुक्काएर आफ्नो नाममा गरेर पछि हेरचाह नै नगरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी गरेकी थिइन्। 

प्रहरीले उनलाई बोलाएर पटक–पटक सहमतिको प्रयास गर्दा उनी नआएपछि गत साता प्रहरीले अदालतको आदेशमा उनलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो।

प्रहरीले अनुसन्धान सकाएर जिल्ला महान्यायाधिवक्ता कार्यालयमार्फत अदालतमा अभियोग पत्र दायर गरेको थियो। थुनछेकको बहसको क्रममा उनको पक्षका वकिलले धरौटी मागेपछि अदालतले धरौटी अस्वीकार गर्दै मुद्दाको टुङ्गो नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एस्ट्राजेनेका र स्पुतनिक खोप ल्याउन पहल भइरहेको सरकारको दाबी

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा एस्ट्राजेनेका भ्याक्सिन सहयोगको सम्बन्धमा काठमाण्डौँस्थित अमेरिकी दूतावास र वाशिंटनस्थित नेपाली राजदूतावास मार्फत आवश्यक पहल भइरहेको दाबी गरिएको छ।....

सरकारको दाबी : ७ सय १२ आइसियु, ४ सय ४३ भेन्टिलेटर खाली छ

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिले पनि एक हजार ८ सय १७ आइसियूमध्ये एक हजार एक सय ५ वटा मात्र प्रयोगमा....

औषधिमा भ्रष्टाचार अक्षम्य अपराध : देउवा

कांग्रेस सभापति देउवाले जनताको जीवनरक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीय, अनैतिक र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको बताए। ‘जनताको जीवन रक्षा....

मुख्यमन्त्रीको संयोजकत्वमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरिने

बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ को नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रदेशमा प्रभावकारी बनाउन निर्देशन, समन्वयन तथा एकीकृत व्यवस्थापन गर्ने उद्देश्यसहित निर्देशन समिति गठन गर्ने निर्णय....

सांसदलाई विश्वासको मत दिन कोरोना रिपोर्ट अनिवार्य

पिसिआर रिपोर्ट वैशाख २२ गतेपछिको मात्रै मान्य हुने व्यवस्था गरिएको संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापाले जानकारी दिए। ‘पिसिआर टेस्ट गरेको रिपोर्ट अनिवार्य गरिएको छ,’....