विद्यालय बन्द नगर्न सरोकारवालाको सुझाव

विद्यालय बन्द नगर्न सरोकारवालाको सुझाव

बैठकमा सहभागी निजी तथा आवासीय विद्यालयहरूको संगठन (प्यावसन) का अध्यक्ष टिकाराम पुरीका अनुसार सरोकारवालाहरूले सुरक्षा सम्बन्धी मापदण्डलाई कडाइका साथ लागु गरेर विद्यालय सञ्चालन गर्न सुझाव दिएका छन्। 

सुरक्षा सम्बन्धी सबै मापदण्ड कडाइका साथ लागु गर्ने र तत्काल देशभरका शिक्षण संस्था बन्द नगर्न सुझाव दिएको उनले जानकारी दिए। बन्द गर्नुपरे स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेर वस्तुस्थितिका आधारमा निर्णय गर्न भनेको उनले बताए। 

छलफलमा सहभागी अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले संक्रमण धेरै देखिएको ठाउँमा विद्यालय बन्द गर्नुपरे स्थानीय तहलाई नै निर्णय गर्न दिनुपर्ने सुझाव दिएको बताए। ‘शिक्षा मन्त्रालय आफै विद्यालय बन्द गर्ने पक्षमा छैन,’ उनले भने,‘जुन ठाउँमा संक्रमण धेरै देखिएको छ, त्यहीको स्थानीय तहलाई निर्णय गर्ने जिम्मा दिनुपर्छ भन्ने सबैको सुझाव छ।’

३० चैत, २०७७, ११:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।