प्रदेश २ मा खनाल–नेपालले बदले संसदीय दलको नेता

प्रदेश २ मा खनाल–नेपालले बदले संसदीय दलको नेता

काठमाडौँ : नेकपा एमालेको खनाल– नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता बदलेको छ। उनीहरूको समूहले  प्रदेश सभाको बैठक बस्ने अघिल्लो दिन ओली समूहका सत्यनारायण मण्डललाई संसदीय दलको नेताबाट हटाएर आफ्नो समूहका शत्रुधन महतोलाई नेता चयन गरेको हो।

आइतबार जनकपुरमा रहेको प्रदेशसभामा रहेको संसदीय दलको कार्यालयमा बैठक राखेर बहुमतको आधारमा संसदीय दलको नेता बदलेका हुन्। बैठकले रवीन्द्र बैठालाई उपनेता, सुन्दर विश्वकर्मालाई प्रमुख सचेतक र बेची लुङ्गेलीलाई सचेतकमा चयन गरेको छ।

६ महिनापछि सोमबार प्रदेश २ को प्रदेश सभाको बैठक बस्दै छ। सो बैठक अगाडि नै नेपाल समूहले संसदीय दलको नेता बदलेको हो । प्रदेश २ मा एमालेको २१ जना सांसद रहेकोमा १३ जना सांसद खनाल–नेपाल समूहमा रहेकाले उनीहरूले सहजै बहुमतको आधारमा संसदीय दलको नेता बदल्न सफल भए।

 

२९ चैत, २०७७, १९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।