सङ्खुवासभा जिल्ला अस्पताल प्रदेश १  कै उत्कृष्ट

सङ्खुवासभा जिल्ला अस्पताल प्रदेश १  कै उत्कृष्ट

इटहरी : प्रदेश १ सामाजिक विकाश मन्त्रालयले गरेको सर्वेक्षणमा सङ्खुवासभा–जिल्ला पहिलो भएको छ। प्रदेशका १३ वटा अस्पताललाई पछि पार्दै सङ्खुवासभाको खाँदबारी अस्पताल पहिलो भएको हो। 

जनशक्ति, आर्थिक व्यवस्थापन, उपकरणको उपलब्धता र प्रयोग, मानव संसाधन, बिरामीको सेवा सुविधा, फोहर मैला र विपत् व्यवस्थापनका आधारमा अस्पतालको स्तर मापन गरिएको थियो।

न्यूनतम सेवा मापदण्डको मापनका क्रममा सङ्खुवासभाले ७१ प्रतिशत अङ्क ल्याएर प्रथम भएको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले जानकारी दिए। यस अघि प्रदेश १ मा १२ औ स्थानमा परेको अस्पतालको स्तरवृद्धी भएको उनको भनाई छ। 

खाँदबारी अस्पताललाई प्रदेश १ कै नमुना बनाउने योजना रहेको व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताए। विभिन्न विधामा गरी ९ सय ३९ अं कमा ७१ प्रतिशत ल्याएको अध्यक्ष शाक्यले बताए। 

आगामी वर्षमा थप नयाँ सुविधा अस्पतालमा थप्ने योजना रहेको उनले सुनाए। यसै आर्थिक वर्षमा ब्लड कल्चर सेवा र हार्डजोर्नी विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारीमा रहेको उनको भनाई छ। उनका अनुसार आगामी आर्थिक वर्षमा सिटी स्क्यान र आइसियु सञ्चालन गर्ने लक्ष राखेको छ। 

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले समेत संखुवसभा जिल्ला अस्पतालले छोटो समयमा ठुलो प्रगति गरेको प्रतिक्रिया दिएका छन्। विज्ञ टोली सहित अनुगमन गर्न पुगेका उनी निक्कै हर्षित भएका थिए।

२९ चैत, २०७७, १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।