डा. साथीले भित्र्यायो अष्ट्रेलियन ब्राण्डको ‘नुचुरा मिल्क पाउडर’

डा. साथीले भित्र्यायो अष्ट्रेलियन ब्राण्डको ‘नुचुरा मिल्क पाउडर’

काठमाडौं : अष्ट्रेलियन ब्राण्डको ‘नुचुरा मिल्क पाउडर’ नेपाली बजारमा आएको छ। अस्फेक्स पार्टी लिमिटेड अष्ट्रेलियाको उत्पादन नुचुरालाई नेपालका लागि आधिकारिक बिक्रेता डा.साथीले आजबाट बिक्री-वितरण सुरु गरेको हो।

मिल्क पाउडर जन्मेदेखि ३६ महिनासम्मका बच्चाका लागि उपयोगी हुने कम्पनीले जानकारी दिएको छ। डा. साथी हेल्थ केयरका सेल्स म्यानेजर रामभक्त थपलियाले कम्पनीले पहिलो पटक अष्ट्रेलियन ब्राण्डको मिल्क पाउडर नेपाल भित्र्याएको दावी गरे।

‘पहिलो पटक डा. साथी हेल्थ केयरले फुड सप्लिमेन्टको रुपमा ‘नुचुरा मिल्क पाउडर’ नेपाल भित्र्याएको छ,’ उनले भने, ‘आजबाट आधिकारिक रुपमा बिक्री–वितरण सुरु गरेका छौँ।’

कम्पनीले जन्मेदेखि ६ महिनासम्मका बच्चाका लागि ‘इन्फ्यान्ट मिल्क फर्मुला पाउडर’, ६ देखि १२ महिनासम्मका बच्चाका लागि ‘फलो-अन मिल्क फर्मुला पाउडर’ र १२ देखि ३६ महिनासम्मका बच्चाका लागि ‘टोड्लर मिल्क फर्मुला पाउडर’ गरी तीन प्रकारका उत्पादन बजारमा ल्याएको छ।

यी पाउडर बच्चाको शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिकोणले लाभदायक रहेको कम्पनीको भनाइ छ। गुणस्तरीय पोषक तत्वको रुपमा बच्चाहरुको तीव्र वृद्धि र विकासमा सहयोग पुर्याउने डा. साथीको भनाइ छ।

२९ चैत, २०७७, १७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।