यो साता  कोरोना भाइरसका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या शून्य

यो साता  कोरोना भाइरसका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या शून्य

काठमाडौँ : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका ६६  हजार १९ जना नेपाली संक्रमित भएका छन्। तीमध्ये  ६३ हजार  ४ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपाली कोरोना संक्रमित भएका छन्।

कोरोना भाइरसका कारण अफ्रिका, युरोप, एसिया, अस्ट्रेलिया, अमेरिका लगायतमा रहेका २३ देशमा  ३ सय ४९ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको संघले जनाएको छ। 

यो साता  कोरोना भाइरसका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या शून्य रहेको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए। 

स्वास्थ्य समितिले पछिल्लो समय संक्रमणदर बढ्दै गएको भन्दै  भौतिक दुरी कायम राख्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ। 

२९ चैत, २०७७, १७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।