बाह्य दबाब र प्रभावका कारण धर्म-संस्कारमा ह्रास आयो : पूर्वराजा ज्ञानेन्द्र

बाह्य दबाब र प्रभावका कारण धर्म-संस्कारमा ह्रास आयो : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण पूर्वीय दर्शन, धर्म र सनातनीय संस्कारमा ह्रास आएको बताएका छन्।

भारतको हरिद्वारमा लागेको महाकुम्भ मेलामा सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले धर्म-संस्कृतिको रक्षा गर्दै मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नुपर्ने बताए। 

उनले महाकुम्भ मेलामा उपस्थित सबै विद्वान, विदुषी, सन्त-महात्माहरूको ध्यान पुग्नुपर्ने आफ्नो अवधारणा सुनाएका छन्।  उनले हरेक बाह्र वर्षमा लाग्ने कुम्भ मेलाको विशिष्ट महत्त्व रहन गएको सम्बोधनमा उल्लेख गरेका छन्।

प्रकृतिप्रति प्रेम गर्ने र प्रकृति संरक्षणको कार्यमा अनुराग राखेर काम गरेको एक प्रकृति पुजक पात्र भएका नाताले धार्मिक धारणा र शास्त्रीय दृष्टिकोणको सम्मान गर्ने उनले उल्लेख गरेका छन्।

 निरञ्जन पीठाधीश्वर स्वामी कैलाशानंदजी महाराजको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र हरिद्वार पुगेका हुन्। 

२९ चैत, २०७७, १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।