माकुरी र एदुमे अभिनीत ‘चुरीफुरी’ असोजमा 

माकुरी र एदुमे अभिनीत ‘चुरीफुरी’ असोजमा 

काठमाडौँ : निर्देशक ऋषिराज आचार्यले निर्माण गरेको चलचित्र ‘चुरीफुरी’ आगामी असोज १ गते रिलिज हुने भएको छ। उनले शनिवार चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गर्दै ‘चुरीफुरी ’ असोज १ मा प्रदर्शन गर्ने जानकारी दिएका हुन्। 

सार्वजनिक भएको फस्र्टलुक पोस्टरमा यसै चलचित्रमार्फत बेब्यु गरेका अभिनेता अभिषेक श्रेष्ठका साथमा डेब्यु हिरोइनहरु–पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङका अनि रवीन्द्र झा,शिशिर भण्डारी,दीपक आचार्य (काकु),सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी) र सुरवीर पण्डित छक्क परेको देखाइएको छ। 

यस चलचित्रमा धेरै जसो हास्य कलाकारलाई अभिनय गराइएको छ। यी बाहेक चलचित्रमा ऋतु आचार्य, सुनिता श्रेष्ठ,राजेन्द्र खाती,महेश्वर आचार्य,लक्ष्मी ढकाल (जोया),कमल सिंह,सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ,रश्मि आचार्य,लक्ष्मण अधिकारी, दिल गोदार,मनिल तामाङ,जिपी पाठक लगायतको अभिनय रहेको छ। 

यस चलचित्रले भरपुर मनोरञ्जनका साथै युवा वर्गलाई सन्देश पनि दिने दाबी निर्देशक आचार्यको छ। उनले चलचित्र विशेष युवा वर्गमा लक्षित रहेको बताए। 

समसामयिक हास्य कथामा निर्माण गरिएको चलचित्रमा निर्देशक आचार्य र रिना ढकाल निर्माता रहेका छन् । आरबि मुभिज्को ब्यानरमा निर्मित यस चलचित्रलाई राहुल राईले खिचेका हुन् । विमला भुसाल, राजेन्द्र खाती र शिव थापा सह–निर्माता रहेको चलचित्रका गीतमा दीपक शर्माको सङ्गीत, समीर आचार्य,विश्व नेपाली र बेनिशा पौडेलको स्वर सुन्न सकिने छ ।  भिमफेदी ग्रुपले रेडियोग्राफी गरेको चलचित्रमा  विजय आचार्यको कला निर्देशन तथा नवीन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ। 

२९ चैत, २०७७, १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।