प्रदेश

माधव समूहले ओली समूहका प्रदेश अध्यक्षलाई निलम्बन गर्‍यो

भीम रावलको दाबी ‘केपी अवैध अध्यक्ष’

जीवन विष्ट


धनगढी : नेकपा एमालेको माधव समूहले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापालाई एक वर्ष निलम्बनको निर्णय गरेको छ। 

चैत २३ र २४ गते बसेको विस्तारित बैठकका निर्णयहरू सार्वजनिक गर्दै नेता भीम रावलले पार्टीका सबै सङ्गठनहरू पुनर्गठन गर्ने,ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापालाई एक वर्ष निलम्बन गर्न सिफारिस गर्ने लगायतका निर्णय भएको जानकारी दिए।

पत्रकार सम्मेलनमा समानान्तर कमिटीको नामावली समेत सार्वजनिक गरिएको छ । जसअनुसार कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारालामा तामाङ,उपाध्यक्ष जीवनराज थापा,सचिव रण बहादुर महरा,उप सचिव रवीन्द्र कुँवर  र कार्यालय सचिवमा मोहनसिंह रावल चयन भएका छन् ।

बाजुरा जिल्ला कमिटी अध्यक्षमा गगन बहादुर रावल,सचिव पुर बहादुर राउत,उप सचिव निर बहादुर शाही रहेका छन् ।

बैतडी जिल्ला कमिटी अध्यक्षमा महादेव भट्ट,उपाध्यक्ष कृष्ण साउद,सचिव हर्क बहादुर धानुक,उप सचिवमा गौरीदत्त भट्टले जिम्मेवारी पाएका छन् ।

अछाम जिल्ला कमिटी अध्यक्षमा शेर बहादुर कुँवर,उपाध्यक्ष नन्द बहादुर कडायत चयन भएका छन् । कैलालीमा दीर्घ सोडारीले पार्टी अध्यक्षको जिम्मेवारी पाएका छन् ।

यस्तै डडेलधुरा जिल्ला कमिटी अध्यक्षमा डा.तारा जोशी,उपाध्यक्ष वीरेन्द्र बहादुर बस्नेत,सचिव धन बहादुर साउद,उप सचिव शन्तुकला नगरकोटीलाई चयन गरिएको छ । 

डोटी जिल्ला कमिटी अध्यक्षमा चक्र बहादुर मल्ल,उपाध्यक्ष दुर्गा प्रसाद ओझा,उप–सचिव मञ्जु मलासी, र कार्यालय सचिवमा खड्क बहादुर कठायतले जिम्मेवारी पाएका छन् । 

बझाङ जिल्ला कमिटी अध्यक्षमा दिल बहादुर सिंह, उपाध्यक्ष इन्द्र बहादुर भण्डारी,सचिव दमन बहादुर भण्डारी,उप–सचिव धन बहादुर बोहरा  र कार्यालय सचिवमा सुरत बहादुर सिंह लाई चयन गरिएको छ । दार्चुला जिल्लाको जिम्मेवारी पछि तोकिने माधव समूह प्रदेश कमिटीले जनाएको छ ।

‘हामीलाई कारबाही हुँदैन,केपी नै अवैध हुन’

नेकपा एमालेका निलम्बित नेता रावलले  आफूलाई गरिएको कारबाही अवैध भएको दाबी गरे। पत्रकार सम्मेलनमा बोल्दै उनले ’पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर आफूलाई कारबाही गरेको दाबी गरेका थिए। 

‘अध्यक्ष ओली आफै अवैध अध्यक्ष हुन,रावलले भने,‘भएकाले मलाई गरेको कारबाही पनि अवैध हो,मैले सुनेको छु,सांसद पद जान्छ भन्दै धेरैलाई धम्काइँदै छ,त्यो गलत हो हामी एमालेमै छौँ हामी कसैको सांसद पद जाँदैन ढुक्क हुनुस्।’ 

पार्टीको नवौँ अधिवेशनबाट निर्वाचित व्यक्तिहरूलाई आफू मन लागी हटाउने अधिकार अध्यक्ष ओलीलाई नभएको  समेत उनले जिकिर गरे ।  

पार्टीले सोधेको स्पष्टीकरण चित्त नबुझ्दो भएको भन्दै  फागुन २८ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  भीम रावल र माधव नेपाललाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

घोडाघोडी नगरपालिका १ सुखडकी ५७ वर्षीय महिला, पर्वत घर भई कञ्चनपुर पुनर्वास नगरपालिका ७ बस्ने ७६ वर्षीया महिला, कैलाली गोदावरी नगरपालिका २ का ३८ वर्षीय....

कोरोना नियन्त्रणमा गण्डकी प्रदेशः ४० प्रतिशत संक्रमणदर, ४०० आइसोलेशन, २८० आइसियु,६७ भेन्टिलेटर

कोरोनाको बढ्दो चापका कारण कास्कि लगायतका गण्डकी प्रदेश भित्रका व्यापारिक शहरहरुमा निषेधाज्ञ लागु भइसकेको छ।  हाल सम्म गण्डकि प्रदेशमा १९४२४ संक्रमीत भेटिएकोमा  १७९०० निको भएसकेका....

वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो २५ शेैयाको कोभिड अस्पताल

कटुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रवार नगर प्रमुख देवकुमार सुवेदी उद्घाटन गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको बेला सङ्क्रमितको सहज....

काँग्रेस सुनसरी पार्टी कार्यालयमा आइसोलेसन बनाइने, मेयरका गाडी एम्बुलेन्सको रूपमा प्रयोग 

कोइरालाले कोरोना जोखिमको मध्यनजर गरेर सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उकेरासँग कुरा गर्दै उनले महामारीको बेला पार्टी भन्दा माथि उठेर मानवीय हितको लागी लड्नुपर्ने....

बिरामीले भरियो सेती अस्पताल : उपचार नपाउँदा ६ जनाको मृत्यु 

सेती अन्तर्गत रहेको ५५ शय्याको अस्थायी कोरोना अस्पताल भरिएको  र १५ शय्याका आकस्मिक कक्ष पनि भरिए पछि आकस्मिक कक्षकै ग्यालरीबाटै उपचार थालिएको अस्पतालका सूचना अधिकारी....