रामकृष्ण ढकाल र अस्मिता अधिकारीले ल्याए जनचेतना जगाउने गीत

रामकृष्ण ढकाल र अस्मिता अधिकारीले ल्याए जनचेतना जगाउने गीत

काठमाडौं : गायक रामकृष्ण ढकाल र अस्मिता अधिकारीको जनचेतनामुलक गीत ‘सोचे भन्दा फरक संसार’ सार्वजनिक भएको छ।

थालिस्मिया रोगबारे जनचेतना जगाउने उद्देश्यले तयार पारिएको सो गीतको भिडियोे काठमाडौंमा सार्वजनिक गरिएको हो।

आफ्नै भाइबाट बोनम्यारो प्रत्यारोपण गराएर १७ वर्ष लामो थालिस्मिया रोगबाट हालै मुक्त भएकी रोजिना केसीको वास्तविक कथालाई गीतमार्फत प्रस्तुत गरिएको छ।

सो गीतका रचनाकार रोजिनाका पिता राजु केसी हुन्।

भिडियो लोकार्पण कार्यक्रममा गीतका लेखक केसीले थालिस्मिया रोगबाट ग्रस्त छोरीको उपचारमा १७ वर्षसम्म भोगेको पीडाबारे जानकारी गराएका थिए।

लामो समय अमेरिका बसेर आएकी रोजिनाले यो रोगबाट आफू पूर्ण निको भएको र अब नेपाल नै बसेर थालिस्मिया रोगीको सेवा गर्ने बताइन्।

यो गीतमा रामकृष्णसँगै अस्मिता अधिकारी, नया खत्री, जोहन खत्री, शम्भुजित बास्कोटा, कृष्ण मल्ल, शर्मिला मल्ल, सन्तोष पन्त, निर्मल शर्मा, जीतु नेपाल, कर्ण शाक्य, पुष्कर शाह, अरुणेश्वर खनाल लगायतले अभिनय गरेका छन्।

२९ चैत, २०७७, १२:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।